Saturday, April 13, 2024

श्रीलंकाका राष्ट्रपतिका भाइको बञ्चरो प्रहारबाट हत्या


  • March 29, 2015


श्रीलंकाका राष्ट्रपतिका भाइको बञ्चरो प्रहारबाट हत्या

काठमाडौं । श्रीलंकाका राष्ट्रपति मैत्रीवाला सिरिसेनाका भाइको बञ्चरो प्रहारबाट हत्या भएको छ । बिहीबार गृहनगर पोलोनारुवामा वञ्चरो प्रहारबाट गम्भीर घााइते भएका राष्ट्रपतिका भाइ ब्यापारी प्रियन्था सिरिसेनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
गएको बिहीबार साँझ साथीसँगको झगडामा उनीमाथि आक्रमण भएको श्रीलंकाली सरकारले पुष्टी गरेको छ । कोलम्बो गजेटका अनुसार सिरिसेनामाथि आक्रमण गर्नेलाई प्रहरीले पक्राउ गरिसकेको छ । राष्ट्रपति सिरिसेनाका कान्छा भाई ४२ वर्षका प्रियन्थाका परिवारका सबैभन्दा कान्छा सदस्य हुन् । उनका तीन जना छोराछोरी रहेका छन् ।
बिहीबार साँझ घटना भएपछि उनलाई उपचारका लागि राजधानी कोलम्बो ल्याइएको थियो, तर उपचारकै क्रममा शनिबार मृत्यु भएको डाक्टरहरुले बताएका छन् । मैत्रीपाला सिरिसेना गएको जनवरीमा श्रीलंकाको राष्ट्रपति निर्वाचित भएका हुन् । उनले यसअघिका राष्ट्रप्रमुखले झैं आफ्ना भाइबहिनीहरुलाई सुरक्षाको विशेष व्यवस्था गरेका थिएनन् । हाल श्रीलंकाली राष्ट्रपति मैत्रीपाला चीन भ्रमणमा रहेका छन् ।


NEPAL NEWS Team
233 views

सम्बन्धित समाचारहरु