Wednesday, June 12, 2024

विश्वकप क्रिकेटको फाइनल आज, अष्ट्रेलिया र न्युजील्याण्ड प्रतिस्पर्धामा


  • March 29, 2015


विश्वकप क्रिकेटको फाइनल आज, अष्ट्रेलिया र न्युजील्याण्ड प्रतिस्पर्धामा

मेलवर्न । विश्वकप क्रिकेट सन् २०१५ को उपाधिका लागि आइतबार अष्ट्रेलिया र न्युजील्याण्ड प्रतिस्पर्धा गर्दैछन् । खेले अष्ट्रेलियाको मेलबर्न क्रिकेट मैदानमा नेपाली समय अनुसार सवा नौ बजे हुनेछ । न्युजील्याण्ड पहिलो पटक फाइनलमा पुगेको हो भने सातौ पटक फाइनलमा पुगेको अष्ट्रेलियाले चार पटक त उपाधि जितिसकेको छ । त्यसैले आइतबारको खेलमा न्युजील्याण्ड पहिलो पटक विश्वकपको उपाधि जितेर इतिहास बनाउने योजनामा छ भने घरेलु मैदानको फाइदा उठाउँदै अष्ट्रेलिया पाँचौ पटक उपाधि जित्ने योजनामा छ । चालु विश्वकपमा समूह चरणदेखि सबै खेल जितेको न्युजील्याण्ड उच्च मनोबलमा छ । अष्ट्रेलियाले भने समूह चरणमा न्युजील्याण्डसँग नै हार ब्यहोरेको थियो । अष्ट्रेलिया भारतलाई र न्युजील्याण्ड दक्षिण अफ्रिकालाई हराउँदै फाइनलमा पुगेको हो । अष्ट्रेलियाले घरेलु मैदानमा खेलेका पछिल्ला २६ मध्ये २४ वटामा जित हासिल गरेको छ । त्यस्तै उसले मेलबर्न क्रिकेट मैदानमा खेलेका पछिल्ला सबै ६ खेलमा विजयी भएको छ । मेलबर्न क्रिकेट मैदान न्युजील्याण्डका क्रिकेट मैदानभन्दा धेरै ठूलो भएकाले यसमा छक्का तथा चौका बनाउन निकै संघर्ष गर्नुपर्ने क्रिकेट विश्लेषकहरु बताउँछन् ।


NEPAL NEWS Team
354 views

सम्बन्धित समाचारहरु