Wednesday, June 12, 2024

प्रभु साहलाई अध्यक्षको हत्या गर्ने योजना बनाएको एमाओवादी भित्रैबाट आरोप


  • March 28, 2015


प्रभु साहलाई अध्यक्षको हत्या गर्ने योजना बनाएको एमाओवादी भित्रैबाट आरोप

वीरगन्ज । एमाओवादीका नेताहरुले पोलिटब्यूरो सदस्य प्रभु साहले अध्यक्ष पुष्पकमल दाहालको हत्या गर्ने योजना बुनिरहेको तथ्य एमाओवादी नेताहरुले नै खुलासा गरेका छन् । अध्यक्ष दाहालको हत्याको योजना बाबुराम पक्षधर नेताहरुबाट भइरहेको ती नेताले खुलासा गरेका हुन् । वीरगन्जमा शनिबार आयोजित पत्रकार सम्मेलनमा केन्द्रिय सदस्य एंव सभासदहरु अशोक जयसवाल र सत्यनारायण भगतले साहले अध्यक्ष दाहालको हत्याको योजना बनाउन एमाओवादी कै नेता प्रभु साह लागिरहेको खुलासा गरे । पोलिटब्यूरो सदस्य साह नेता बाबुराम भट्टराई पक्षधर हुन् भने जयसवाल र भगत अध्यक्ष दाहाल पक्षका हुन् । सभासद एंव केन्द्रिय सदस्य जयसवालले पत्रकार सम्मेलनमा भने–‘केही समय यता अध्यक्ष जीले आफु असुरक्षित भएको भन्दै आउनु भाको छ ,यसको कारक प्रभु साह पनि हुन् ।’ जयसवालले जिल्लामा आफु सहितका केही नेताहरुको हत्याका लागि साहले गिरोह नै परिचालन गरेको बताए । उनले साह अपराधिक गिरोहका नाइके रहेको भन्दै साह राजनीतिको खोल ओढेको अपराधिक गिरोहको सरदार नै भएको ठोकुवा गरे । २०६३ साल चैतमा भएको गौर हत्याकाण्डको मुख्य योजनाकार पनि साह नै रहेको भन्दै केन्द्रिय सदस्य जयसवालले साहकै निर्देशनमा वीरगन्जमा हिन्दु युवा संघका अध्यक्ष काशीनाथ तिवारीको पनि हत्या भएको जिकिर गरे । तिवारीको हत्यामा साह संलग्न भएको तथ्य यो भन्दा अगाडि समेत सार्वजानिक भइसकेको थियो । साह मन्त्री भएको समयमा तिवारीकी श्रीमतिलाई एकजना नापिका हाकिम प्रयोग गरेर पैसाको प्रलोभन देखाएको तथ्य समेत सार्वजानिक भएको थियो । उनीहरुले नेता बाबुराम भटटराइले संरक्षण दिएकाले पार्टी अध्यक्ष दाहालले साहलाइ कार्वाही गर्न नसकेको भन्दै सो योजनामा भट्टराईको समेत संलग्नता हुन सक्ने बताए । साहलाई कार्वाही गर्न अध्यक्ष दाहाल सहमत भएको समेत बताए । सभासद जयसवालले भने, ‘तर खास मान्छे भएकाले बाबुराम उनको कभर भएर उभिएका छन् । पत्रकार सम्मेलनमा अर्का केन्द्रिय सदस्य एंव सभासद भगतले पार्टीका नेताहरुको हत्या गर्ने योजनमा साहको प्रत्यक्ष संलग्नता रहेको जिकिर गरे । गौर हत्याकाण्ड उनकै निर्देशनमा भएको भन्दै उनले भने, ‘प्रभु साहले नै जानाजानी एकै ठाँउमा फोरमसंग कार्यक्रम जुधाएर गौर नरसंहार मच्चाएका हुन् ।’
प्रभु साहकै असमक्षता र षडयन्त्रका कारण संविधानसभाको दोश्रो निर्वाचनमा भोजपुरा क्षेत्रको १७ सिट मध्ये १५ सिटमा एकीकृत नेकपा माओवादीले चुनाव हारेको उनले बताए । पत्रकार सम्मेलनमा एमाओवादीका रौतहट जिल्ला इन्चार्ज विन्देश्वर राय यादवले साहलाइ कार्वाही गर्न पार्टी केन्द्रिय कार्य समितिसंग माग गरे । पार्टी नेतृत्वले साहलाइ कार्वाही नगरे बैशाखको पहिलो साता पछि रौतहटका जनताले प्रतिकार गरेर साहलाइ जिल्लाबाट लखेटने चेतावनी पनि उनले दिए । पत्रकार सम्मेलनमा एकीकृत नेकपा माओवादीका केन्द्रिय सल्लाहकार गणेश बस्नेत ,केन्द्रिय परिषद सदस्यद्धय रामानन्द महत्तो चन्दन र चन्द्रिका मुखिया लगायतका नेता कार्यकर्ताहरुको पनि सहभागीता थियो ।


NEPAL NEWS Team
404 views

सम्बन्धित समाचारहरु