Wednesday, June 12, 2024

सहमतिका लागि चौबीसै घण्टा वार्तामा बस्न आग्रह


  • March 27, 2015


सहमतिका लागि चौबीसै घण्टा वार्तामा बस्न आग्रह

गोकर्ण । संविधानसभाका अध्यक्ष सुवाचन्द्र नेम्वाङले संविधानका विवादित विषयलाई सहमतिमा परिणत गर्न अब २४सै घण्टा वार्तामा बस्न दलहरुलाई आग्रह गरेका छन् । संसद् सचिवालयको संयोजनामा आयोजित ‘समाचार सङ्कलन, सम्प्रेषणका समस्या र समाधानका उपाय’ विषयक अन्तरक्रियामा उनले संविधान निर्माणको प्रक्रिया महत्वपूर्ण विन्दुमा आइपुगेका कारण यसलाई वार्ता र संवादबाट सहमति कायम गरी यथाशक्य टुङ्गोमा पुग्नुपर्ने बताए । संसद् र सञ्चारकर्मीबीच हार्दिकता बढाउनु भनेको सही सत्य सूचना सम्पे्रष्ण गर्नु पनि भएको उल्लेख गर्दै उनले भने–‘जनतालाई सुसूचित गर्दा संस्थाको गरिमा बढ्ने किसिमले सही सूचना सम्प्रेषण गर्नुपर्छ ।’संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले सूचना सम्प्रेषणमा यदाकदा देखिएका कठिनाइलाई तत्कालीन एवम् दीर्घकालीन रुपमा समाधान गर्न सचिवालय र सञ्चारकर्मीबीच निरन्तर संवाद आवश्यक हुने बताए । सचिवालयका सचिव ठाकुरप्रसाद बरालले सचिवालय र सञ्चारकर्मीबीच निरन्तर छलफल गर्न सकिए सत्य र तथ्य समाचार सम्प्रेषणमा पनि सहयोग पुग्ने धारणा राखे । सचिवालयका प्रवक्ता मुकुन्द शर्माले सचिवालय र सञ्चारकर्मीबीच गरिने यस प्रकारका अन्तरक्रियाले कार्यगत एकता र विश्वास बढ्ने उल्लेख गरे ।


NEPAL NEWS Team
340 views

सम्बन्धित समाचारहरु