Wednesday, June 12, 2024

चैते दशैं आज, देवीको पूजा आराधना गरि मनाइँदै


  • March 27, 2015


चैते दशैं आज, देवीको पूजा आराधना गरि मनाइँदै

काठमाडौं । आज चैते दसैं शक्तिस्वरुपा देवी भगवतीको पूजा आराधना गरी मनाइँदैछ । चैते दसैं हरेक वर्षको चैत शुक्ल अष्टमीका दिन मनाउने परम्परा छ । असुर शक्तिमाथि दैवीशक्तिको जित तथा असत्य माथि सत्यको विजयका रुपमा लिईने दसैंको नेपाली समाजमा महत्वका साथ हेरिन्छ । वर्षमा दुईपटक चैत र असोजमा मनाईने दसैंका अवसरमा गरिने दुर्गा पूजाको विशेष महत्व छ ।
समाजमा चैते दसैलाई असोजमा मनाइने बडादसैं भन्दा कम महत्वको दिने गरिएको भएपनि देवी देवताका मन्दिरहरुमा बली दिने र पूजा आराधना गर्ने, मान्यजनबाट टिका ग्रहण गर्ने परम्परा भने यस दसैंमा पनि रहेको छ । चैते दसैंको दिन काठमाडौंको दक्षिणकाली, शोभाभगवती, गुहृयेश्वरी, नक्शाल भगवती, संकटा, कालिकास्थानका साथै गोरखाको मनकामना, गोरखकाली, काभ्रेको पलाञ्चोक भगवती, पोखराको विन्धबासिनी लगायत देशभरका शक्तिपीठहरुमा बिहानैदेखि दर्शनार्थीहरुको घुइँचो लागेको छ ।


NEPAL NEWS Team
316 views

सम्बन्धित समाचारहरु