Wednesday, June 12, 2024

राष्ट्रसंघले माग्यो कंगोमा थप एक बटालियन


  • March 27, 2015


राष्ट्रसंघले माग्यो कंगोमा थप एक बटालियन

काठमाडौं । नेपाली सेनाले द्वन्द्वग्रस्त मुलुकमा शान्ति सेनाका रूपमा गरेको कामप्रति सन्तुष्ट रहँदै आएको संयुक्त राष्ट्र संघले मध्य अफ्रिकी मुलुक कंगोमा थप एक बटालियन नेपाली सेना थप गर्ने तयारी गरेको छ।
केही समयअघि राष्ट्र संघ मुख्यालयले नेपाल सरकारलाई पत्र लेख्दै शान्ति सेनाका रूपमा काम गर्न एक बटालियन नेपाली सेना पठाइदिन आग्रह गरेको छ ।
सरकारले कंगो मिसनमा शान्ति सेनाका रूपमा काम गर्न नेपाली सेना तयार भएको जवाफ पठाएपछि राष्ट्र संघको सुरक्षा परिषदमा अहिले नेपालबाट एक बटालियन शान्ति शेना थप गर्ने प्रस्ताव अन्तिम चरणमा पुगेको एक उच्च सैंनिक अधिकारीले बताए। खबर समाचारपत्रमा छ ।


NEPAL NEWS Team
295 views

सम्बन्धित समाचारहरु