अमेरिकी डलर तस्करीमा संलग्न चिनियाँ महिला पक्राउ


  • March 27, 2015


अमेरिकी डलर तस्करीमा संलग्न चिनियाँ महिला पक्राउ

काठमाडौं । त्रिभुवन बिमानस्थलबाट अमेरिकी डलर तस्करी गर्ने एक चिनियाँ नागरिक प्रकाउ परेकी छन् । प्रहरीले ५० वर्षीया चिनियाँ नागरिक यिङ लूलाई गएराति १० बजे त्रिभुवन विमानस्थलको अध्यागमन कार्यालयबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनी काठमाडौंबाट साउथर्न एयरको फ्लाइट नम्बर सीजेड ३०६८ नम्बरको फ्लाइटबाट चीनको गोवाङहोओ जाँदै थिइन ।
उनको साथबाट १ लाख १३ हजार २ सय ५० अमरिकी डलर बरामद गरिएको छ । यसका साथै नेपाली रुपैँया १ हजार २ सय पचाँस, ५ हजार १ सय ५१ चाइनिज येन प्रहरीले उनको साथबाट बरामद गरेको जनाएको छ ।


NEPAL NEWS Team
336 views

सम्बन्धित समाचारहरु