सप्तरीमा गएराती भीषण आगलागी, ८९ घर जले, एकको मृत्यु


  • March 27, 2015


सप्तरीमा गएराती भीषण आगलागी, ८९ घर जले, एकको मृत्यु

सप्तरी । कञ्चनपुर नगरपालिका– ६ को दलित बस्तीमा गएराती भीषण आगलागी भएको छ । आगलागीबाट एक वृद्धको मृत्यु हुनुका साथै ३३ परिवारका ८९ घर जलेर नष्ट भएका् प्रहरीले जनाएको छ । आगोबाट बचाउन २७ घर भत्काइएका छन् । नवघोषित नगरपालिकाको सो बस्तीमा राति परालको कुन्युबाट आगो सल्किएको प्रहरीको अनुमान छ । झमेली सरदारको घरबाट आगो सुरु भएको थियो । आगो निभाउन राजविराज, इनरुवा र इटहरीबाट दमकल झिकाइएको थियो । आगलागीमा परी स्थानीय वृद्ध चलितर सरदारको मृत्यु भएको प्रहरीले जनाएको छ । क्षतिको पूरा विवरण आउन बाँकी छ । नगरपालिका घोषणा गरिए पनि कञ्चनपुरमा दमकल छैन । सप्तरीको राजविराजमा एउटा मात्रै दमकल छ ।


NEPAL NEWS Team
283 views

सम्बन्धित समाचारहरु