Wednesday, June 12, 2024

राष्ट्रपति यादव आजबाट चीन भ्रमणमा


  • March 26, 2015


राष्ट्रपति यादव आजबाट  चीन भ्रमणमा

काठमाडौं । राष्ट्रपति डा. रामवरण यादव आज चीन भ्रमणमा जाने भएका छन् । उनी दक्षिण चीनको उष्ण प्रदेशीय टापु हैनानस्थित बोआओ सहरमा १५ सम्म हुने बोआओ एसिया फोरमको वार्षिक सम्मेलनमा सहभागी हुन राष्ट्रपति चीन जान लागेका हुन् । उनी दिउँसो चीन प्रस्थान गर्ने राष्ट्रपति कार्यालयले जनाएको छ ।
राष्ट्रपतिको यो दोस्रो चीन भ्रमण हुनेछ । तर यस पटक पनि उनको चीन भ्रमण राजकीय होइन । बोआओमा उनले चिनियाँ समकक्षी सी जिनपिङसँग साइडलाइन वार्ता गर्ने भएका छन् । चीनले नेपालाई आर्थिक प्याकेज सहयोग गर्ने बताइएको छ ।
‘एसियाको नयाँ भविष्य एक समुदायको साझा गन्तव्य’ भन्ने नारा बोकेको उक्त फोरमको उद्देश्य ‘एसिया र विश्वबाट द्वन्द्व एवं विवादलाई किनारा लगाएर शान्ति र समृद्धिका लागि सबै एकजुट हुने समावेशी विकासलाई प्रोत्साहन गर्नु’ हो । क्षेत्रीय सहयोग, राजनीतिक तथा सामाजिक सुरक्षा, न्याय, नयाँ कृषि र प्रविधिलगायत छ दर्जनभन्दा बढी फरक–फरक विषयमा यस पटकको सम्मेलनमा छलफल हुँदैछ ।
जसमा विभिन्न देशका पूर्वप्रधानमन्त्रीहरू, दुई दर्जन मन्त्री तथा विशेषज्ञ व्यक्ति, व्यापारीसहित २ सय जनाभन्दा बढीले आफ्नो धारणा राख्नेछन् । बोआओलाई गैरराजनीतिक र परिमाणमुखी मञ्चका रूपमा विकास गराउने नीति चिनियाँ संस्थापनको रहे पनि आशातीत सफलता मिलेको छैन । यसले क्षेत्रीय र विश्वव्यापी विकासका मामलामा कुनै विशेष योजना दिन सकेको छैन ।


NEPAL NEWS Team
479 views

सम्बन्धित समाचारहरु