Wednesday, June 12, 2024

क्रियाशील सदस्यता बितरण पारदशी नभएको देउवापक्षको आरोप


  • March 26, 2015


क्रियाशील सदस्यता बितरण पारदशी नभएको देउवापक्षको आरोप

काठमाडौँ । नेपाली काँग्रेस पार्टीमा देखिएको क्रियाशील सदस्यता विवादमा वरिष्ठ नेता शेरबहादुर देउवा निकट जिल्ला सभापतिको भेलाले सदस्यता वितरण पारदर्शी नभएको आरोप लगाएका छन् । देउवा निवास बुढानीलकण्ठमा भएको सो भेलाले पार्टीको आसन्न १३ औँ महाधिवेशनको तयारीका क्रममा विभिन्न जिल्लामा संस्थापन पक्षले जिल्ला सभापतिलाई नै वाइपास गरी सदस्यता वितरण गरेको आरोप लगाएको छ । सहभागी जिल्ला सभापतिहरुले पार्टीको केन्द्रीय समितिको निर्णयअनुसार मात्र नयाँ सदस्यता वितरण हुनुपर्ने माग गरेको भेलामा सहभागी केन्द्रीय सदस्य डा प्रकाशशरण महतले बताए ।
भेलामा आसन्न महाधिवेशनको तयारीका बारेमा छलफल हुनुका साथै सभापतिले सदस्यता वितरणमा आफूले पनि पक्षपात नगर्ने र संस्थापन पक्षबाट पनि नहोस् भन्नेमा जोड दिएको नेता महतले जानकारी दिए । काँग्रेसको आसन्न महाधिवेशनको तयारीका क्रममा विभिन्न जिल्लामा आफ्ना पक्षका क्रियाशील सदस्यता वृद्धि गर्न दुवै पक्षबीच होडबाजी चलेको देखिन्छ ।


NEPAL NEWS Team
517 views

सम्बन्धित समाचारहरु