एमाओवादी बिद्यार्थीद्धारा अर्थमन्त्री महत चढेको गाडीमा आक्रमण


  • March 25, 2015


एमाओवादी बिद्यार्थीद्धारा अर्थमन्त्री महत चढेको गाडीमा आक्रमण

पोखरा । कास्कीको सल्यान गाउँ जाँदै गरेका अर्थमन्त्री रामशरण महत चढेको बा १३ च २५१ नम्बरको गाडीमाथि एमाओवादी निकट बिद्यार्थीले पोखराको सिम्पानीमा आक्रमण गरेका छन् । मन्त्री महतको गाडीमाथि बिहान साढे ११ बजे लुकेर बसेका विद्यार्थीले ढुंगा प्रहार गरेको कास्की प्रहरीले जनाएको छ । प्रहरीले मन्त्री महतको गाडीमा ढुंगामुढा गरेको आरोपमा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य किरण सापकोटा क्षितिज, पृथ्वीनारायण क्याम्पस पोखराका अखिल क्रान्तिकारीका नेताहरु लक्ष्मीप्रसाद सुवेदी, नेत्र चापागाइँ, दिनेश पौडेल र विशाल गुरुङलाई पक्राउ गरेको छ । कास्कीका एसपी हरिबहादुर पालका अनुसार विद्यार्थीले प्रहार गरेको ढुंगामुढाबाट अर्थमन्त्री डा महतलाई कुनै चोट लागेको छैन् । अर्थमन्त्रीको सुरक्षाका लागि अर्को गाडीबाट सँगै सल्यान गाउँ गइरहेका एसपी पालका अनुसार अहिले मन्त्री महत सुरक्षित रुपमा गन्तव्यतर्फ गइरहेका छन् । ३० दलीय मोर्चाको सरकारका मन्त्रीलाई कालोझन्डा देखाउने निर्णयअनुसार विद्यार्थीले कालोझन्डा देखाउन खोजेको तर सो असफल भएपछि ढुंगा प्रहार गरेको बताइएको छ ।


NEPAL NEWS Team
421 views

सम्बन्धित समाचारहरु