Wednesday, June 12, 2024

क्रियाशील सदस्यताको बारेमा छलफल गर्न देउवापक्षीय सभापतिहरुको भेला


  • March 25, 2015


क्रियाशील सदस्यताको बारेमा छलफल गर्न देउवापक्षीय सभापतिहरुको भेला

काठमााडैं । नेपाली कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले बुधबार आफू निकटका जिल्ला सभापतिको भेला बोलाएका छन् । देउवाले क्रियाशील सदस्यताको वितरण र नवीकरणका विषयमा छलफल गर्न आज दिउसो २ वजे आफ्नै निवासमा भेला डाकेका हुन् । संस्थापन पक्षले केन्द्रीय कार्यसमितिको निर्णय र पार्टीको विधानविपरीत एकपक्षीय रूपमा क्रियाशील सदस्यताको वितरण र नवीकरण गरेको आरोप देउवा पक्षले लगाउँदै आएको छ ।
क्रियाशील सदस्यता वितरण प्रक्रिया पारदर्शी बनाउनुपर्ने र नियमसंगत नभएकाहरूको सच्याउनुपर्ने माग देउवा पक्षको छ । ‘क्रियाशील सदस्यता वितरण तथा नवीकरणको विषय र १३ औं महाधिवेशनका विषयमा छलफल र सुझाव लिन भेला बोलाएको हो,’ देउवा निकट एक केन्द्रीय भीष्मराज आङदम्बेले भने, ‘जिल्ला–जिल्लामा कसरी जाने भनी छलफल गर्ने उद्देश्य हो ।’


NEPAL NEWS Team
265 views

सम्बन्धित समाचारहरु