Wednesday, June 12, 2024

सुनसरीमा १२ किलो चाँदीसहित एक जना पक्राउ


  • March 24, 2015


सुनसरीमा १२ किलो चाँदीसहित एक जना पक्राउ

इटहरी । सुनसरी प्रहरीले ठूलो परिमाणमा १२ किलो चाँदीसहित एक जनालाई पक्राउ गरेको छ । पश्चिमबाट पूर्वतर्फ आइरहेको सार्वजनिक बसमा चेकजाँच गर्दा सुनसरी सदरमुकाम इनरुवा–६ बाट प्रहरीले गएराति सो परिमाणमा अवैध चाँदीसहित पक्राउ गरेको हो । पक्राउ परेका व्यक्तिलाई बरामद भएको चाँदीसहित आज प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
बाह्र किलो १ सय २५ ग्राम चाँदीसहित बारा जिल्ला गमहरिया–४ निवासी अन्दाजी ७२ वर्षका बंकर साह पक्राउ परेका सुनसरीका प्रहरी उपरीक्षक सञ्जयराज शर्माले जानकारी दिए । बारा जिल्लाबाट विराटनगरतर्फ आइरहेको अवस्थामा प्रहरीले गोप्य सूचनाको आधारमा चेकजाँच गर्दा सो परिमाणको चाँदीसहित साहलाई पक्राउ गर्न सफल भएको प्रहरी उपरीक्षक शर्माले बताए । पाउजु २९४ थान, डरकस १८ थान, किरिङ सात थान, लोटा दुई थान, कचौरा दुई थान, गिलास दुई थान, प्लेट दुई थान र पाउजुमा लगाउने झुम्का तीन किलो रहेको सुनसरी प्रहरीले जनाएको छ ।
झन्डै १२ किलो परिमाणको चाँदी बरामद भएकालेसात लाख ४० हजारबराबरको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । प्रहरीले जिल्लामा सुरक्षा सतर्कता र निगरानी बढाएपछि एकपछि अर्को अपराधका आरोपी तथा तस्करहरु पक्राउ पर्न थालेको सुनसरी प्रहरीले जनाएको छ । यसअघि पनि सुनसरीको बबिया क्षेत्रबाट चार किलो चाँदीसहित एक जना तस्कर पक्राउ परेका थिए ।


NEPAL NEWS Team
504 views

सम्बन्धित समाचारहरु