Wednesday, June 12, 2024

ताप्लेजुङका अग्नि पीडितलाई राहत र बसोवासको व्यवस्था गर्ने निर्देशन


  • March 24, 2015


ताप्लेजुङका अग्नि पीडितलाई राहत र बसोवासको व्यवस्था गर्ने निर्देशन

काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले ताप्लेजुङ सदरमुकाम फुङ्लिङ् बजारमा आागलागीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै पीडितलाई राहत र बसोवासको व्यवस्था तत्काल मिलाउन गृह मन्त्रालयलाई निर्देशन दिएका छन् । मंगलबार प्रेस संयोजक प्रकाश अधिकारीमार्फत् विज्ञप्ति निकालेर प्रधानमन्त्री कोइरालाले पीडितहरुलाई तत्काल राहत, बसोबास र पुनःस्थापनाका कार्यक्रम तुरुन्त आरम्भ गर्न निर्देशन दिएका हुन् ।
उच्च मनोवलका साथ राहत र पुनस्थापना कार्यमा जुट्न स्थानीय प्रशासन, सुरक्षा निकाय, सबै राजनीतिक दलका स्थानीय कार्यकर्ता एवं सामाजिक संघसंस्थाहरुलाई कोइरालाले अपिल पनि गरेका हुन् ।
आवासीय क्षेत्रको विकास र भवन निर्माण गर्दा भवन निर्माण संहिताको पालना गरी आगलागी जस्ता आकस्मिक र भयानक घटनाको क्षति न्यूनिकरण गर्नेतर्फ पनि संबन्धित निकायको उनले ध्यानाकृष्ट गराएका छन् । प्रधानमन्त्री कोइरालाले अग्नि पीडितहरुप्रति सहानुभूति प्रकट गर्दै दुःखको यस घडीमा धैर्य धारण गर्न पनि भनेका छन् ।


NEPAL NEWS Team
1,056 views

सम्बन्धित समाचारहरु