Saturday, April 13, 2024

पक्राउ परेको चन्द माओवादीका नेता कार्यकर्ता रिहा


  • March 24, 2015


पक्राउ परेको चन्द माओवादीका नेता कार्यकर्ता रिहा

काठमाण्डौ । शुक्रबार समातिएका नेत्रबिक्रम चन्द नेतृत्वको नेकपा माओवादीका दुई पोलिटब्यूरो सदस्यसहित १५ जना कार्यकर्ताहरु सोमबार साँझ रिहा भएका छन् । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्तको बाँसबारीस्थित निवासमा कालो झण्डा गाडेको अभियोगमा प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका पोलिटब्यूरो सदस्य तथा नेवा राज्य इन्चार्ज इश्वरी दाहाल, पूर्व राज्यमन्त्री तथा पोलिटब्यूरो सदस्य पदम राई सहित १५ जनालाई गत शुक्रवार गिरफ्तार गरेको थियो ।
गिरफ्तार गरिएकाहरुलाई प्रहरीले सार्वजनिक अपराध तथा सजाय ऐन अन्तर्गत मुद्दाको तयारी गरेको थियो । गिरफ्तार पछि पाँच दिन म्याद थपेको एक दिन अघि रिहा गरेको हो ।
गिरफ्तार गरिएकासंग जिल्ला प्रशासन कार्यालय काठमाडौंले ५÷५ सय रुपैया धरौटी लिएर रिहा गरेको हो । रिहा भएकाहरुलाई बैशाख ९ गतेको तारिख समय तोकी छोडिएको हो ।


NEPAL NEWS Team
230 views

सम्बन्धित समाचारहरु