Wednesday, June 12, 2024

राष्ट्रपति डा यादव र अध्यक्ष दाहालबीच भेटवार्ता


  • March 23, 2015


राष्ट्रपति डा यादव र अध्यक्ष दाहालबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति डा रामवरण यादवसँग एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले आज बिहान राष्ट्रपति भवन,शीतल निवासमा भेटवार्ता गरेका छन् । भेटमा राष्ट्रपति डा यादवले समयमै सहमतिमा संविधान जारी हुनुपर्ने बताउँदै त्यसका लागि विगतको आन्दोलनकारी दलबीच सहमति हुनुपर्नेमा जोड दिएका थिए ।
अध्यक्ष दाहालले सहमतिमै संविधान जारी हुने अवगत गराउँदै त्यसका लागि सत्तारूढ दलहरुसँग पहल गरिरहेको बताएको उनका स्वकीय सचिव चुडामणि खड्काले जानकारी दिए । राष्ट्रपति यादव र अध्यक्ष दाहालबीच संविधान निर्माणबाहेक दुवैको चीन भ्रमणका बारेमा पनि कुराकानी भएको स्वकीय सचिव खड्काले बताए । राष्ट्रपति यादव विहिवार र अध्यक्ष दाहाल आजदेखि साता चीनको भ्रमण गर्दै छन् ।


NEPAL NEWS Team
232 views

सम्बन्धित समाचारहरु