Wednesday, June 12, 2024

धनगढीमा काँग्रेसमा क्रियाशील सदस्यता वितरण विवाद चुलियो


  • March 23, 2015


धनगढीमा काँग्रेसमा क्रियाशील सदस्यता वितरण विवाद चुलियो

धनगढी । क्रियाशील सदस्यता विवादका कारण नेपाली काँग्रेस कैलालीमा विवाद चुलिएको छ । पार्टीको सदस्यता फर्म अनधिकृत रुपमा वितरण गरेको भन्दै नेपाली काँग्रेसको जिल्ला कार्य समितिको बैठकले जिल्ला उपाध्यक्ष लोकबहादुर महतोलाई पदमुक्त गरेपछि विवाद सृजना भएको हो । केन्द्रीय कार्यालयबाट आएका क्रियाशील सदस्यता फर्ममा आफँै कार्यवाहक अध्यक्षको हस्ताक्षर गरी जिल्ला उपाध्यक्ष महतोले आफू निकट कार्यकर्तालाई वितरण गरेको भन्दै जिल्ला सभापति नरनारायण शाहको अध्यक्षतामा आइतवार बसेको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको थियो । केन्द्रबाट क्रियाशील सदस्यता फर्म ल्याई आधिकारिक व्यक्तिलाई नदिई मनोमानी रुपमा आफैँ वितरण गरेको भन्दै बैठकले काँग्रेसका महाधिवेशन प्रतिनिधि क्षितिज भण्डारीको क्रियाशील सदस्यता नवीकरण नगर्नसमेत जिल्ला कार्य समितिले केन्द्रीय समितिलाई सिफारिस गरेको सचिव बमले बताए ।
पदमुक्त गरेको भनिएका जिल्ला उपाध्यक्ष महतोले आफूलाई बिनाकारण पार्टीले कारबाही गरेको आरोप लगाएका छन् । महतोले पार्टी सभापतिले बिनाकारण निलम्बन गरेकाले समानान्तर जिल्ला समिति बनाउने योजनामा लागेको बताए । नेपाली काँग्रेसको राष्ट्रिय महाअधिवेशन नजिकिँदै जाँदा कैलाली काँग्रेसको सदस्यता वितरणमा विवाद सिर्जना भएको हो । पार्टीको महाअधिवेशन नजिकिँदै जाँदा पार्टीको नयाँ सदस्यता लिन चाहनेहरुको संख्या कैलालीमा ह्वात्तै बढेको बताइएको छ ।


NEPAL NEWS Team
328 views

सम्बन्धित समाचारहरु