Wednesday, June 12, 2024

वार्ता र संवादलाई नयाँ ढंगले बढाउन नागरिक समाजको आग्रह


  • March 22, 2015


वार्ता र संवादलाई नयाँ ढंगले बढाउन नागरिक समाजको आग्रह

काठमाडौं । नागरिक समाजका अगुवाहरुले नयाँ ढंगले वार्ता र संवाद सुरु गर्न राजनीतिक शक्तिहरुलाई आग्रह गरेका छन् । सुन्दरमणी दीक्षित, चरणप्रसाईँ, सुबोधराज प्याकुरेल,शर्मिला कार्की लगायतले विज्ञप्ति प्रकाशित गरि यस्तो आग्रह गरेका हुन् । विभिन्न चरणमा भएका संवादले राजनीतिक गतिरोध अन्त्य गर्न नसकेको भन्दै उनीहरुले प्रमुख राजनीतिक शक्तिहरुलाई नयाँ ढंगले वार्ता सुरु गर्न आग्रह गरेका हुन् ।
संविधानसभामा छोडेर बाहिर गएका सबै राजनीतिक दलहरु संविधानसभामा फर्कन पनि उनीहरुको आग्रह छ । अबको वार्ता इमान्दारी र जिम्मेवारी झल्कने ढंगबाट संचालन हुनुको विकल्प नभएको पनि उनीहरुले सुझाव दिएका छन् । त्यसका लागि राजनीतिकदल बाहिरका व्यक्तिहरुको समेत उपस्थिति हुनुपर्ने समेत सुझाएका छन् ।
‘परिवर्तनका केही सहयात्रीहरुका (दलहरु भन्दा बाहिरका ब्यक्तिहरु) उपस्थितिमा वार्ता भएमा त्यो बढी परिणाममुखी हुने हाम्रो ठहर छ’ विज्ञप्तिमा उल्लेख छ, ‘त्यसबाट बिद्यमान असमझदारी निरुपण गर्न र संवादलाई सभ्य तथा मर्यादित बनाउन समेत सहयोग पुग्नेछ भन्ने हामीलाई लागेको छ ।’
यस्तो वातावरणमा संचालित वार्ताले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउनका साथै आपसी सहयोग र सहमतीबाट नयाँ सविधान जारीहुने वातावरण बन्नेमा आफूहरु विश्वस्त रहेको विज्ञप्तिमा जनाइएको छ ।


NEPAL NEWS Team
310 views

सम्बन्धित समाचारहरु