Wednesday, June 12, 2024

सुनुवाई समितिद्धारा लोकसेवाका पदाधिकारी अनुमोदित


  • March 22, 2015


सुनुवाई समितिद्धारा लोकसेवाका पदाधिकारी अनुमोदित

काठमाडौ । संसदीय सुनुवाई समितिले लोकसेवा आयोगका पदाधिकारीहरुको नाम अनुमोदन गरेको छ । समितिले अध्यक्षमा उमेश मैनालीसहित ६ जनालाई सर्वसम्मत रुपमा अनुमोदन गरेको हो भने एकजनालाई बहुमतले अनुमोदन गरेको छ । संवैधानिक परिषदले सिफारिस गरेका ७ जना मध्ये कृष्णचन्द्र झा विरुद्ध एमाओवादीका गिरीराजमणी पोखरेल र समाजवादीपार्टीका अध्यक्ष प्रेमबहादुर सिंहले मत दिएका थिए ।
समितिले मैनालीसहित वृन्दा हाडा,गोविन्द प्रसाद कुसुम श्रीपुरुष ढकाल,अशोक कुमार झा र ब्रम्हदेव रायलाई सर्वसम्मतले सिफारिस गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सिफारिस भएका व्यक्तिहरुको सुनुवाई समितिको अर्को १५ गतेलाई राखिएको छ ।


NEPAL NEWS Team
295 views

सम्बन्धित समाचारहरु