Wednesday, June 12, 2024

नयाँ गभर्नर डा.नेपालको पदभारग्रहण आज


  • March 22, 2015


नयाँ गभर्नर डा.नेपालको पदभारग्रहण आज

काठमाडौं । नवनियुक्त गभर्नर डा. चिरञ्जीबी नेपालले आइतबार दिउसो सवा २ जबे पदभार ग्रहण गर्ने भएका छन । डा. नेपालले दिउसो सवा एक बजे सर्वोच्च अदातल गएर प्रधानन्यायधीस समक्ष पद तथा गोपनीयताको सपथ खाने कार्यक्रम रहेको राष्ट्र बैंकले जनाएको छ । सपथ खाइसकेपछि उनी पदभार ग्रहणका लागि राष्ट्र बैंक जानेछन ।
प्रधानमन्त्रीको कार्यालयले आइतबार बिहानै डा. नेपाललाई गभर्नर नियुक्ति गरिएको चिठ्ठी राष्ट्र बैंकलाई उपलब्ध गराइसकेको छ । उक्त पत्रसहित राष्ट्र बैंकका कर्मचारी अदालत पुगेर सपथग्रहणको समय मिलाएका हुन । डा. नेपाललाई बिहीबार मन्त्रिपरिषदले पाँच वर्षे कार्यकालका लागि राष्ट्र बैंकको गभर्नर पदमा नियुक्ति गरेको थियो । यसअघिका गभर्नर डा. युवराज खतिवडाले चैत ९ गते पदभार ग्रहण गरेका थिए ।


NEPAL NEWS Team
331 views

सम्बन्धित समाचारहरु