Wednesday, June 12, 2024

धादिङमा जीप दुर्घटना हुँदा २ को मृत्यु


  • March 22, 2015


धादिङमा जीप दुर्घटना हुँदा २ को मृत्यु

धादिङ । नीलकण्ठ नगरपालिका–१ सिउडीबारमा आइतबार बिहान बोलेरो जीप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । घटनामा अन्य ६ जना जना यात्रु घाइते भएका छन् ।
धादिङकै काउलेबाट धादिङबेसीतर्फ आउँदै ना १० च ६८६६ नम्बरको बोलेरो जीप दुर्घटनामा ज्यान गुमाउनेमा नीलकण्ठ–१ का १० वर्षीया अनिशा मगर र ७ वर्षीया आशिका मगर रहेका छन् ।
दुर्घटनामा घाइते हुनेहरुमा ५२ वर्षीय गोपी मगर, १२ वर्षीय विनोद मगर, ७ वर्षीया सुस्मिता मगर, ८ वर्षीय सुशल मगर, ४ वर्षीया अनुजा मगर र जीप ड्राइभर ४५ वर्षीय वीरबहादुर गुरुङ छन् ।
कच्ची सडकमा जीप अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी निरीक्षक बासुदेव थापाले बताए । दुर्घटनामा घाइते भएका २ जनाको जिल्ला अस्पताल धादिङबेंसीमा उपचार भइरहेको छ ।
घाइते भएका अन्य ४ जनाको जिल्ला अस्पताल धादिङबेसीमा सामान्य उपचारपछि काठमाडौं पठाइएको प्रहरीले जानकारी दिएको छ ।


NEPAL NEWS Team
248 views

सम्बन्धित समाचारहरु