Wednesday, June 12, 2024

संविधान लेखनको नयाँ कार्यतालिकामा दलहरुबीच मतभेद


  • March 22, 2015


संविधान लेखनको नयाँ कार्यतालिकामा दलहरुबीच मतभेद

काठमाडौं । कार्यतालिकाअनुसार संविधान दिनुपर्ने ८ माघको मिति गुज्रेको झन्डै दुई महिना बितेको छ । तर,दलहरुले नयाँ मितिको राजनीतिक प्रतिवद्दतासमेत जनाउन सकेका छैनन् । मिति तोक्नेबारे प्रमुख दलहरुबीच नै मतभेद छ । एकीकृत माओवादी नेतृत्वको विपक्षी मोर्चाले विवादित विषयमा सहमति नभएसम्म मिति तोक्नुको औचित्य नहुने बताउँदै आएको छ ।
सत्तारुढ कांग्रेस–एमालेबीच पनि पछिल्लो समय मिति तोक्नेबारे प्रधानमन्त्री सुशील कोइराला तत्काल मिति तोकेर अघि बढ्ने पक्षमा छैनन् ।
एमाले अध्यक्ष केपी ओली भने मिति तोक्ने र संविधानसभाको प्रक्रिया अघि बढाउनुपर्ने पक्षमा छन् । मिति तोक्न सभामुख सुवास नेम्वाङले पनि दलहरुलाई दबाब दिँदै आएका छन् ।
बैठक स्थगन गर्दासमेत दलहरुबीच परिणाममुखी छलफल नभएको भन्दै उनले संविधानसभालाई बन्धक बनाउने पक्षमा आफू नरहेको बताउँदै आएका छन् ।
प्रधानमन्त्री कोइरालाले केही दिनअघि एमाले अध्यक्ष ओलीलाई टेलिफोन गरी सहमतिको प्रयास जारी राख्ने र तत्काल मितिबारे गृहकार्य नगर्ने जानकारी गराएका थिए । नयाँ पत्रिका दैनिकमा समाचार छ ।


NEPAL NEWS Team
286 views

सम्बन्धित समाचारहरु