मोरङको केराबारीबाट भरुवा बन्दुक सहित दुई पक्राउ


  • March 21, 2015


मोरङको केराबारीबाट भरुवा बन्दुक सहित दुई पक्राउ

विराटनगर । मोरङको केराबारीबाट दिउँसो प्रहरीले लोड भएको भरुवा बन्दुक सहित दुई जनालाई नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरी टोलीले लोड भएको एक नाल भरुवा बन्दुक सहित दुई जनालाई पक्राउ गरेको हो । केराबारी ३ का २९ बर्षीय यज्ञबहादुर लिम्बु र केराबारी २ का ४० वर्षीय यज्ञबहादुर बस्नेतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
गोप्य सुराकीको आधारमा गएको प्रहरी टोलीले खानतलासी गर्दा सो हतियार सहित दुई जना पक्राउ परेका हुन् । पक्राउ परेका दुबै जनालाई आवश्यक अनुसन्धानका लागी ईलाका प्रहरी कार्यालय केराबारीले नियन्त्रणमा लिएको छ ।


NEPAL NEWS Team
961 views

सम्बन्धित समाचारहरु