Wednesday, June 12, 2024

दलका नेताहरुबीच बाहिर घोचपेच, भित्र दोश्रो तहमा छलफल


  • March 21, 2015


दलका नेताहरुबीच बाहिर घोचपेच, भित्र दोश्रो तहमा छलफल

काठमाडौं । एकीकृत माओवादीसहितको विपक्षी मोर्चा र सत्तापक्षबीच बाहिर घोचपेच जारी रहेपनि दोस्रो तहका नेताहरुबीच छलफल शुरु भएको छ । सत्तापक्षले आन्दोलन स्थगित गर्न र विपक्षीले प्रक्रिया अघि नबढाउन गरेका दुवै विषय निष्कृय अवस्थामा भएको बेला यस्तो छलफल शुरु भएको हो ।
कांग्रेस प्रवक्ता दिलेन्द्र बडुको भनाई भने अलि फरक छ । उनी दुवै पक्षका आ–आफ्ना स्वार्थ भनिए पनि आन्दोलन सुरु नहुदैको अवस्थामा सहमति जुटाउने गरी अनौपचारिक तहमा छलफल भइरहेको दावी गर्छन । उनका अनुसार यस्ता छलफल पार्टीको शिर्षस्थ दोस्रो तहसम्मका नेताहरुबीच भइरहेको छ ।
शुक्रबारै पनि कांग्रेस नेता एवं कानून मन्त्री नरहरी आचायको निवासमा एमाओवादी महासचिव कृष्णवहादुर महरासंग लामो छलफल भएको थियो । कानून मन्त्री आचार्य र वन मन्त्री महेश आचार्यले जेठ १५ मा संविधान जारी गरी सहमति गर्नेका लागि संघियताको बिषयमा विभिन्न विकल्पबारे छलफल चलाएका थिए ।त्यस्तो अनौपचारिक छलफल सहमतिको विन्दुमा भने पुगी नसकेको बडु बताउँछन ।


NEPAL NEWS Team
351 views

सम्बन्धित समाचारहरु