‘सहमतिका नाममा आन्दोलनको भावना विपरित जान सकिदैन’


  • March 20, 2015


‘सहमतिका नाममा आन्दोलनको भावना विपरित जान सकिदैन’

विराटनगर । एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले शान्ति प्रकृया र जनआन्दोलनका सहयात्री दललाई वाहिर राखेर संविधान जारी हुन नसक्ने बताएका छन् । सहयात्री दलहरु विचको सहमति विना संविधान निर्माण गर्ने कुरा कहिलै पुरा हुन नसक्ने उनले ठोकुवा गरे ।
विराटनगर विमानस्थलमा शुक्रबार संचारकर्मीसंगको कुराकानीमा श्रेष्ठले संविधान जारी गर्ने कुरामा दलहरु बीच सहमतिमा जोड दिए । ‘अहिलेको अवस्थामा सहमतिवाट संविधान जारी गर्नुको विकल्प छैन,’ श्रेष्ठले भने, ‘सहमतिको नाममा जनआन्दोलनको भावना विपरित जान सकिँदैन ।’ सत्ता पक्षका रहेका कांग्रेस र एमालेका कारण अहिले सहमति हुन नसकेको उनले दावी गरे । आफूहरुका एजेण्डालाई सम्वोधन गर्ने भन्दा पनि होच्याउन र दवावमा राख्ने काम वार्तामा हुने गरेको उनले गुनासो गरे । कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलासँग एउटै विमानमा श्रेष्ठ विराटनगर विमानस्थलमा उत्रिएका थिए । पत्रकार सामुसँगै ठट्यौली पारामा प्रस्तुत भएका उनीहरुले एकअर्कालाई घोंचपेंच गरेर पत्रकारको जवाफ दिने गरेका थिए ।


NEPAL NEWS Team
259 views

सम्बन्धित समाचारहरु