Wednesday, June 12, 2024

नेपाली कांग्रेसमा क्रियाशील सदस्यता वितरण र नवीकरणको म्याद थप


  • March 20, 2015


नेपाली कांग्रेसमा क्रियाशील सदस्यता वितरण र नवीकरणको म्याद थप

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण र नवीकरणको म्याद चैत १५ गतेसम्मका लागि थप गरेको छ। केन्द्रीय समितिको निर्णय र निर्देशनविपरीत पाँचौं पटक म्याद थप्दा पनि अधिकांश जिल्लाले गुजारेपछि सदस्यता फारम बुझाउने समय थप गरिएको हो।केन्द्रीय सदस्य नरहरि आचार्यको संयोजकत्वमा रहेको सदस्यता छानबिन समितिले पार्टी केन्द्रीय समितिको फागुन ६ गतेको निर्णय अनुसार सदस्यता नबुझाउनुको लिखित कारण पेस गर्न पनि निर्देशन दिएको छ। ‘सदस्यता फारम बुझाउने म्याद चैत १५ गतेसम्म थप गरेका छौं,’ सदस्यता छानबिन समिति सदस्य रामकृष्ण यादवले भने, ‘फागुन मसान्तभित्र सदस्यता फारम नबुझाउनुको लिखित कारण पेस गर्न जिल्लाहरूलाई निर्देशन दिएका छौं।’ सभापति सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवा पक्ष विधि, विधान र पार्टीमा क्रियाशीलता भन्दा आफ्नालाई सदस्यता वितरण गर्न सक्रिय छन्। दुवै पक्ष आ–आ–ना पक्षलाई मात्र सदस्यता बाँड्न जुट्दा अहिलेसम्म दुई दर्जन जिल्लाबाट पनि सदस्यता फारम केन्द्रीय कार्यालय आउन सकेको छैन। तर, सदस्यता छानबिन समिति सदस्य यादवले बिहीबारसम्ममा ४० जिल्लाको सदस्यता फारम केन्द्रीय कार्यालय आइपुगेको दाबी गरे।
केन्द्रीय कार्यालय स्रोतका अनुसार अहिलेसम्म चितवन, तनहुँ, जाजरकोट, ओखलढुंगा, गोरखा, डोल्पा, सल्यान, पाँचथर, लमजुङ, तेह्रथुम, डडेलधुरालगायत केही जिल्लाबाट मात्र सदस्यता फारम आइपुगेको छ। ‘फारम आएका जिल्लाहरूबाट उजुरी पनि परेका छन्,’ कार्यालयका एक अधिकारीले बताए।
वैशाख मसान्ताभित्र सदस्यता छानबिन गर्ने जिम्मा पाएको आचार्य नेतृत्वको समितिले कार्यविधि बनाई काम सुरु गरेको छ। समितिको सिफारिसबिना नयाँ सदस्यता र नवीकरण फारम कुनै जिल्ला र जनसर्म्पक समितिलाई नदिन निर्देशन दिइएको छ।
केन्द्रीय कार्यालयबाट जथाभावी सदस्यता फारम वितरण गरेको गुनासो आइरहेका बेला समितिले सदस्यता वितरणको जानकारी माग गरेको छ। कांग्रेसले १२ औं महाधिवेशनमा कायम रहेको सदस्यको ५० प्रतिशत नबढाई नयाँ सदस्यता फारम जिल्लाहरूलाई पठाउने निर्णय गरेको थियो। नागरिक दैनिकमा समाचार छ ।


NEPAL NEWS Team
317 views

सम्बन्धित समाचारहरु