Wednesday, June 12, 2024

बिभिन्न देशका विदेशी मुद्रासहित भारतीय प्रकाउ


  • March 19, 2015


बिभिन्न देशका विदेशी मुद्रासहित भारतीय प्रकाउ

काठमाडौं । बिभिन्न देशका बिदेशी मुद्रा सहित एकजना भारतिय नागरीकलाई प्रहरीले पक्राउ गरेको छ । ठूलो परिमाणको विदेशी मुद्रा बोकेर हङकङ जान लागेको ती भारतीयलाई त्रिभुवन विभानस्थलबाट प्रहरीले पक्राउ गरेको छ । ड्रागन एयर एयरको उडानबाट हंकङ जाँदै गरेका भातीय नागरिक मनोहरलालदास कृपालदासको साथबाट विमानस्थल अध्यागमन डि एक्सरे मेसिन जाँच गर्ने क्रममा सो मुद्रा भेटिएको हो ।
जेड २३२८०१३ नम्बर पासपोर्ट बोकेका उनको साथबाट बरामद मुद्रामा १ लाख ७९ हजार ८ सय ५० अमेरिकन डलर, २० हजार नेपाली रुपैँया, ५ लाख ५८ हजार जापानिज येन, १ हजार ५ सय १० हङकङ डलर, २ हजार ५ सय ६ युके पाउण्ड, १ हजार ८ सय सात युरो, ५० अस्ट्रेलियन डलर र १ हजार ३ सय फिलिपिन्स रुपैँया बरामद गरिएको हो ।


NEPAL NEWS Team
448 views

सम्बन्धित समाचारहरु