Saturday, April 20, 2024

दुई तिहाईको मत रद्दिको टोकरीमा राखेर संविधान बन्दैनः सञ्चारमन्त्री


  • March 18, 2015


दुई तिहाईको मत रद्दिको टोकरीमा राखेर संविधान बन्दैनः सञ्चारमन्त्री

काठमाडौ । सूचना तथा सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालले काग्रेस एमाले सहितका दलहरुको दुई तिहाई मतलाई रद्दिको टोकरीमा राखेर संविधान बन्न नसक्ने स्पष्ट पारेका छन । रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा उनले जनताको अभिमतबाट संविधान बनाउने स्पष्ट पार्दै उनले जनताको मतको अपमान गरेर संविधान बनाउनु ब्यवहारिक नहुने बताए । साक्षात्कारमा डा. रिजालले दुई तीहाई बहुमतमा मत थपेर सबैलाई स्वामित्व ग्रहण गर्ने बातावरण बनाउने प्रयत्न बार्ता भएको बताउँदै अधिकतम सहमति कायम गर्ने आफूहरुको सदासयतालाई कमजोरी नठान्न चेतावनी दिए ।
उनले सहमतिको प्रयत्नको बाटो चिरिएपछि फेरि जोडिदासम्म मुलुकले धेरै क्षती बेहोरिसक्ने तर्फ सचेत गराउँदै संघीयताको विषयमा विपक्षी दलका नेताहरुले नै धेरै विकल्प प्रस्तुत गरिसकेकोले अब त्यसमा छलफल गरेर सहमति गर्न सकिने दावी गरे । उनले भने–‘काग्रेस र एमालेले प्रस्तुत गरेको नौ बुँदे प्रस्तावमा लचक हुन हामी तयार छौ । अब धेरै विवादहरु बाँकी छैनन ।’
डा. रिजालले एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले तीस दलीय मोर्चाको बैठकमा बोलेको भनि आमसञ्चारमाध्यममा आएका कुरा साँचो भए त्यो सकारात्मक भएको भन्दै दाहालले पनि दुई तिहाई, आन्दोलनबाट उत्पन्न हुने परिस्थिति स्विकारेकोले यसमा ईमान्दार हुने हो भने वार्ताबाट सहमति खोजेर मुलुकलाई निकास दिन सकिने बताए । उनले विगतमा भएका सहमति आफूहरुले मानेको र पुराना सहमतिकै आधारमा नौ बुँदेमा संघीयताको खाँका बनाएको दावी गर्दै विपक्षीहरुलाई त्यस्तो नलागेको भए ब्याख्या गर्ने स्थान संविधानसभा भएकोले त्यहाँ आएर छलफल गर्न सुझाव दिए ।
मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सत्तापक्षले विगतका सहमति सम्झौता कार्यान्वयन गरे आन्दोलनको आवश्यकता नभएको स्पष्ट पार्दै विगतका उपलब्धिहरु राक्षा गर्न र जनतालाई अधिकार सम्पन्न बनाउन आन्दोलन गर्नुपरेको बाध्यता सुनाए । उनले सहमतिको आधारमा बनेको संविधानमा सबैको स्वामित्व हुने भन्दै जनताको कुरा नसुन्ने र सहमति कार्यान्वयन नगरे मुलुकमा निर्विकल्प विद्रोह हुने दावी गरे । सत्तापक्षसँग दुई तिहाई बहुमत भए संविधान बनाउन चुनौति दिदै यादवले राम्रो भए जनताले स्विकार्ने नभए जलाउने बताए । यादवले भने–विगतका आन्दोलन र सम्झौता अनुसार संविधान बनाएर जनताले हाम्रो आन्दोलनमा साथ दिदैन नभए जनताले हामीलाई साथ दिन्छन । सहमति अनुसार संविधान बनाए हुन्छ त्यसमा मेरो भन्नु केही छैन । एमाले नेता माधवकुमार नेपालले एमाले र काग्रेसभित्र भडुवाहरु भएको भनि दिएको अभिब्यक्तितर्फ संकेत गर्दै उनले समस्या समाधान गर्न ईमान्दार नहुने हो भने आन्दोलन सुरु हुने चेतावनी दिए । विगतमा भएका सम्झौता कार्यान्वयनमा केही अप्ठ्यारो भएकोले फुकाउन आफूहरु बार्तामा बसेको स्पष्ट पार्दै वार्तामा बस्नेहरुले नै सहमति गर्नुको साटो आफूहरुलाई अपमानित बनाएर निकाल्ने काम गरेको बताए ।


NEPAL NEWS Team
269 views

सम्बन्धित समाचारहरु