Wednesday, June 12, 2024

बैद्यले भन्दैमा संविधानसभा छाड्दैनौं :दाहाल


  • March 18, 2015


बैद्यले भन्दैमा संविधानसभा छाड्दैनौं :दाहाल

काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकल दाहालले मोहन बैद्य नेतृत्वको माओवादीले भन्दैमा संविधानसभा नछाड्ने बताएका छन् । एमाओवादी र बैद्य माओवादीबीच पार्टी एकताका लागि वार्ता सुरु भएको छ । र, वार्तामा बैद्य माओवादीका नेताहरुले संविधानसभा छाडेर सडक संघर्षमा आउन दाहाललाई आग्रह गर्दै आएका छन् ।
नेकपा (माओवादी)का संयोजक मातृका यादव र क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मणी थापाले बुधबार भएको भेटमा दाहालले संविधानसभाबारे अझै दुई माओवादीको फरक बुझाइ रहेको बताए । यादव र थापा पाँच पार्टीको कार्यगत एकता समिति ब्यूँताउने पहल सुरु गर्न विहान लाजिम्पाट पुगेका थिए । भेटमा दाहालले सबै माओवादीलाई मिलाउन आफू सकारात्मक रहेको बताए । तर, बैद्य माओवादीसँग कुरा नमिल्दा कार्यगत एकता समिति अघि बढ्न नसकेको बताए ।

‘हाम्रो र बैद्यजीहरुको कुराकानी मिलेन । यसमा तपाईहरुको दोष छैन,‘प्रचण्डको भनाई उद्रृत गर्दै स्रोतले भन्यो–‘उहाँहरुले बाहिर आउने कुरा गर्नुहुन्छ । हामी बाहिर आउने परिस्थिति छैन । भित्र लड्ने हो ।’यद्यपि कांग्रेस र एमालेले बुहमतको बलमा पेलेरै जाने खोजे भने संविधानसभा छाडेर आउने परिस्थिति पनि बन्न सक्ने प्रचण्डले बताएका छन् । भेटमा यादव र थापाले भने दुई माओवादी मात्र मिलेर नहुने भन्दै पाँच पार्टीको कार्यगत एकता समिति ब्यूँताउन आग्रह गरेका छन् ।

एमाओवादी, बैद्य माओवादी, मातृका नेतृत्वको माओवादी, मणि थापा नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी र परी थापा नेतृत्वको नेकपा एकीकृतले कार्यगत एकता समिति गठन गरेका थिए । तर, झण्डै चार महिनादेखि कार्यगत एकता समिति निश्कृय छ ।


NEPAL NEWS Team
294 views

सम्बन्धित समाचारहरु