तीन महिना टिकेन बाह्रघण्टे सेवा


  • March 16, 2015


तीन महिना टिकेन बाह्रघण्टे सेवा

काठमाडौं । सेवाग्राहीका लागि सरकारले सरकारी कार्यालयमा लागू गरेको बाह्रघण्टे सेवा प्रभावकारी हुन नसकेको भन्दै नीतिगतरुपमा पुनरावलोकन गर्ने तयारी गरेको छ । सामान्य प्रशासन मन्त्रालयले सेवाग्राहीको सुविधालाई ध्यानमा राखी सबैभन्दा भीड हुने सरकारी कार्यालयमा गत पुस १ गतेदेखि दुई सिफ्टमा सेवा सञ्चालनमा ल्याएको थियो । कर्मचारीको अभाव, सवारी साधनको अभाव र सेवाग्राहीका लागि आवश्यक पर्ने अन्य सुविधा उपलब्ध नभएकाले नीतिगत रुपमा परिवर्तन गर्नुपर्ने देखिएको हो । सूचना तथा सञ्चार मन्त्रालयको आयोजनामा सोमबार भएको प्रवक्ता भेटघाटमा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले बाह्रघण्टे सेवाका विषयमा सेवाग्राही एवम् कर्मचारीमा थुप्रै गुनासा आएकाले त्यसलाई पुनरावलोकन गर्ने तयारीमा पुगेको जानकारी दिए । उनले भने, ‘हाम्रो सामाजिक संरचना र काम गर्ने शैलीमा परिवर्तन आइनसकेकाले दुई शिफ्टमा गरिने कार्यलाई परिवर्तन गर्नुपर्ने देखिएको छ ।’ प्रवक्ता अधिकारीले विहान केही घण्टा अगाडि र बेलुका केही घण्टा पछाडिसम्म कामगर्ने गरी पुसदेखि लागू गरिएको तालिका परिवर्तन गर्न सकिने धारणा राखेका थिए ।


NEPAL NEWS Team
276 views

सम्बन्धित समाचारहरु