Wednesday, June 12, 2024

रुपन्देही अष्ट्रेलिया भेला मार्च २२ मा हुने


  • March 16, 2015


रुपन्देही अष्ट्रेलिया भेला मार्च २२ मा हुने

सिड्नी । रुपन्देहीबाट अष्ट्रेलिया आएर बसोबास गरिरहेका नेपालीहरुले यहि मार्च २२ तारिख आइतवारका दिन एक भेलाको आयोजना गर्ने भएका छन् ।
“सामाजिक रुपान्तरणका लागी समुन्नत समाज” नारा दिँदै सो भेटघाट कार्यक्रमको आयोजना गरिन लागेको कार्यक्रमको संयोजन गरिरहेका मध्ये कृष्ण गैरेले नेपाल न्युज अस्ट्रेलियालाई बताए । दिउँसो २ बजेबाट केन्ड्रिक पार्क टेम्पेमा भेला हुन लागेको हो । सो भेलाले अस्ट्रेलियामा छरिएर बसेका रुपन्देहीबाट अस्ट्रेलिया आएका नेपालीहरुलाई एकत्रित गरि आफ्नो गाउँठाउँको शिक्षा, स्वास्थ्य र विकास निर्माणका कार्यक्रममा हातेमालो गर्दै अगाडि बढ्न सो भेलाले थप टेवा पुग्ने आशा लिएका गैरैले प्रट्याए । पछिल्लो समय नेपालका विभिन्न जिल्लाबाट अस्ट्रेलियामा बसोवास गरिरहेका नेपालीहरुले संगठन खोल्ने क्रम बढ्दो छ ।


NEPAL NEWS Team
256 views

सम्बन्धित समाचारहरु