Wednesday, June 12, 2024

म्याग्दीको एक गाविसमा यार्सागुम्बाबाट बहत्तर लाख आम्दानी


  • March 16, 2015


म्याग्दीको एक गाविसमा यार्सागुम्बाबाट बहत्तर लाख आम्दानी

म्याग्दी । जिल्लाको मुदी गाविसमा बहुमूल्य यार्सागुम्बा बिक्रीबाट यस वर्ष रु ७२ लाख रुपैयाँ भित्रिएको छ । गाविसको उच्च हिमाली भेगमा पुगेर स्थानीयवासीले संकलन गरेकोे यार्सागुम्बा निकासीबाट उक्त रकम गाउँमा भित्रिएको प्रथम धौलागिरि युवा क्लबका अध्यक्ष खिमबहादुर घर्तीले बताए । अघिल्लो वर्ष एक करोडभन्दा बढी रकम आम्दानी भए पनि यस वर्ष मूल्य नपाएका कारण आम्दानी घटेको बताइएको छ । ‘संकलन गरेको गरेको दुई महिनासम्म पर्खिंदासमेत राम्रो मूल्य पाएर्नौ, प्रतिकिलो नौ लाखको दरले यार्सा निकासी भयो’, घर्तीले भने । गाउँमा क्लबको सक्रियतामा संकलनकर्ताबाट एकमुष्ट रुपमा यार्सा निकासी गरिँदै आएको छ । यार्सासँगै अन्य जडीबुटीबाट समेत मुदीमा राम्रो आम्दानी हुने गरेको छ । धौलागिरि पदयात्राको प्रवेशद्वारका रुपमा रहेको मुदी गाविसमा जडीबुटी नै मुख्य आर्थिक स्रोतको आधार बनेको छ । यार्सागुम्बु पनि भनिने यो जडीबुटी यौनबद्र्धक मानिन्छ ।
जडीबुटीको खानीका रुपमा चिनिने मुदीमा बहुमूल्य यार्सागुम्बासँगै नीरमसी, पाँचऔँले, सतुवा, चिराइतो, टिमुर, सिल्टीमुरलगायत दर्जनभन्दा बढी जडीबुटी पाइने प्रथम धौलागिरि युवा क्लबका सहसचिव कुलबहादुर घर्ती मगरले बताउनुभयो । उच्च हिमाली क्षेत्र भएकाले बर्सेनि करोडको हाराहारीमा मुदीबाट जडीबुटी निकासी हुने बताइएको छ ।
यसबाट गाउँका स्थानीयवासीको आर्थिक समृद्धिमा टेवा पुगेको छ । जडीबुटी व्यवसायी गाउँमै पुग्ने भएकाले बजारको अभाव नभए पनि त्यहाँबाट व्यवस्थित तवरले जडीबुटी निकासी हुन सकेको छैन । हाल जडीबुटी सङ्कलनमा क्लबले सहजीकरण गर्दै आएको छ ।


NEPAL NEWS Team
282 views

सम्बन्धित समाचारहरु