Wednesday, June 12, 2024

महिला हिंसा रोक्न नारी निकुञ्ज अस्ट्रेलियाले नेपाल सरकारलाई बुझायो ज्ञापन पत्र


  • March 16, 2015


महिला हिंसा रोक्न नारी निकुञ्ज अस्ट्रेलियाले नेपाल सरकारलाई बुझायो ज्ञापन पत्र

सिड्नी । गैरआवासीय नेपाली संघ विमेन फोरम नारी निकुञ्ज अस्ट्रेलियाले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा महिला हिंसा विरुद्धमा १० बुँदे मागपत्र राजदुत नेपाल मार्फत नेपाल सरकारलाई बुझाएको छ । उक्त कार्यक्रममा राजदुत नेपालले प्रस्तुत गरिएका मागहरु सम्बन्धित निकायमा पुर्‍याउने प्रतिवद्धता जनाएका थिए ।
गैरआवासीय नेपाली संघ विमेन फोरम नारी निकुञ्ज अस्ट्रेलियाले अन्र्तक्रिया गरेको छ । ८ मार्च आइतबार सिड्नीको एसफिल्डमा भएको उक्त कार्यक्रममा महिला हिंसाको अवस्था र सुधारका लागि भएका प्रयासबारे नारी निकुञ्जका पदाधिकारीहरु प्रतिज्ञा अधिकारी र सन्ध्या शाहले कार्यपत्र पेश गरेका थिए ।
राधिका बानियाँकोे प्रतुतिबाट शुरु भएको कार्यक्रममा प्रमुख अतिथि अस्ट्रेलियाका लागि नेपाली राजदुत रुद्र कुमार नेपाल, न्यु साउथ वेल्सका लागि नेपाली महाबाणिज्यदुत दीपक खड्का, गैर आवासीय नेपाली संघ संरक्षक इन्द्रा वन, एनआरएन अस्ट्रेलियाका अध्यक्ष महेन्द्र ओली, संस्थाकी सल्लहकार बविता श्रेष्ठले महिला हिंसा विरुद्धको अभियानको महत्वका बरेमा आफ्नो विचार राखेका थिए ।
कार्यक्रममा महिला हिंसा नियन्त्रणका लागि अस्ट्रेलियाको केन्द्र तथा राज्यस्तरमा भएका नियम कानुन बारे अधिवक्ता रक्ष राजौरियाले जानकारी गराएका थिए । नेपाली समाजमा महिला हिसांलाई बढाउन परम्परा र रीतिरिवाजले कसरी मद्दत गरेको छ भन्ने बारेमा युवा ब्यवसायि सञ्जीव पाण्डेले विचार राखेका थिए । कार्यक्रममा प्रस्तुत कार्यपत्रमाथि सोलिसिटर डा. सम्शेर थापा र पत्रकार सुजित सिग्देलले टिप्पणी गरेका थिए । निकुञ्जकी सचिव सृजना संग्रौलाको अध्यक्षतामा भएका उक्त कार्यक्रम कार्यसमिति सदस्य सपना हमालको स्वागत मन्तब्यबाट सुरु भएको थियो ।


NEPAL NEWS Team
325 views

सम्बन्धित समाचारहरु