Wednesday, June 12, 2024

आन्दोलनले वार्तामा असहजता : सत्तापक्ष


  • March 15, 2015


आन्दोलनले वार्तामा असहजता : सत्तापक्ष

काठमाडौ । प्रमुख सत्तारुढ दलहरू काग्रेस र एमालेले विपक्षी मोर्चाको आन्दोलन घोषणाप्रति आपत्ति जनाउदै यसले संविधान निर्माणको वातावरण विथोल्ने बताएका छन् । वार्ता र संवादको प्रक्रिया चलिरहेका बेला त्यसलाई लत्याउदै आम हड्ताल समेतका कार्यक्रम अघि सार्नुले उनीहरु संविधान निर्माणमा इमानदार नभएको विष्लेषण सत्तारुढ दलको छ । अब संविधानसभाबाट संविधान निर्माणको प्रक्रिया तत्कालै अघि बढाइहाल्नुपर्ने अडान उनीहरुको छ । कांग्रेस उपसभापति रामचन्द्र पौडेलले संविधानसभा स्थगित रहेकै अवस्थामा सवादको प्रक्रियालाई निरन्तरता दिनुको साटो विपक्षी मोर्चाले आन्दोलन घोषणा गरेर स्थिती असहज बनाएको बताए । ‘मैले प्रचण्डजीलाई पनि भनें तपाईहरु आन्दोलनको सुरुङभित्र प्रवेश गरेर के ल्याउन खोज्दै हुनुहुन्छ ? हामी संविधान निर्माणको सुरुङभित्र प्रवेश गरौ भने संविधान लिएर निस्कन्छौ’ पौडेलले भने,‘देशलाई संविधान चाहिएको छ । एमाओवादीसहितको विपक्षी मोर्चा संविधान नल्याउने बाटोमा गइरहेको छ । यो स्विकार्य हुन सक्दैन ।’ विपक्षी मोर्चाको मागकै कारण माघ २९ देखि संविधानसभाको प्रकृया स्थगित छ । संविधानसभाको प्रकृया स्थगित भएपछि सत्ता पक्ष र विपक्षी मोर्चाबीच संविधानका अन्र्तबस्तुमा सहमति जुटाउन अनौपचारिक र केही औपचारिक प्रयास भए पनि सफल हुन सकेको थिए । कांग्रेस उपसभापति पौडेलले सार्वभौम संविधानसभालाई सडकबाट नियन्त्रण गर्न खोज्दा नै समस्या उत्पन्न भएको बताए । उनले भने– ‘एमाओवादी सहितको विपक्षी मोर्चा जानीजानी बार्ता तोडेर आन्दोलनमा गएको हो । अब वार्तामा बस्नुअघि आन्दोलनका कार्यक्रम फिर्ता लिनुपर्छ ।’ एमाले उपमहासचिव विष्णु पौडेलले पनि सहमतिबाटै संविधान निर्माणका लागि वातावरण बनाउन वार्ता चलिरखेका बेला आन्दोलनमा जानु आश्चर्यजनक भएको बताए । उनले यस्ता कार्यले संविधान निर्माणका काममा व्यवधान सिर्जना गर्ने उल्लेख गरेका छन् । ‘संविधानसभाको बैठक अनिश्चितकालका लागि स्थगित गरेको र सहमतिमा पुग्नका लागि वार्तासमेत प्रारम्भ भएको अवस्थामा आन्दोलनका कार्यक्रम सार्वजनिक गर्नु आश्चर्यजनक छ’ उपमहासचिव पौडेलले भने, ‘यसले उहाँहरु संविधान निर्माणका लागि तप्पर हुनुहुन्न भन्ने पुष्टी भएको छ ।’ प्रमुख दलहरुवीच सहमतिको संभावना नटुंगिएककै अवस्थामा आन्दोलनमा जानु गलत भएको उनले बताए । संविधान निर्माणको काम भने जारी रहने पौडेलले जानकारी दिए ।


NEPAL NEWS Team
286 views

सम्बन्धित समाचारहरु