Thursday, April 18, 2024

वाग्लुङ क्षेत्र नम्बर १ को उपनिर्वाचनमा ५ हजार मतदाता वृद्धि


  • March 15, 2015


वाग्लुङ क्षेत्र नम्बर १ को उपनिर्वाचनमा ५ हजार मतदाता वृद्धि

बागलुङ । यही चैत २८ गते हुने बागलुङ – १ को उपनिर्वाचनमा ५२ हजार मतदाताले मतदान गर्न पाउने भएका छन् । निर्वाचन आयोगसमक्ष आफ्नो नाम दर्ता गराएका ५२ हजार २ सय २ ले मतदान गर्न पाउने भएका हुन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार उपनिर्वाचनमा २८ हजार ४ सय ६० महिला र २३ हजार ७ सय ४२ पुरुष मतदाता छन् । गत सालको निर्वाचनमा ४७ हजार ८ सय मतदाता थिए । संविधानसभाको गत साल मङ्सिर ४ मा भएको प्रत्यक्ष निर्वाचनबाट निर्वाचित सभासद् हरिबहादुर खड्काको सडक दुर्घटनामा परी निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । आयोगले उपनिर्वाचनलाई नमुना निर्वाचनका रुपमा सम्पन्न गर्ने उद्घोषका साथ विद्युतीय मतदानको तयारी गरिरहेको छ ।
निर्वाचन मिति तय गरिएपछि गत माघ २७ देखि फागुन १० गतेसम्म बागलुङ क्षेत्र नम्बर १ का १९ गाविस र नरपालिकाका ११ स्थानमा नामावली सङ्कलन तथा अध्यावधिक अभियान चलाइएको जिल्ला निर्वाचन अधिकृत टोलराज उपाध्यायले बताउनुभयो । उपाध्यायका अनुसार बागलुङ क्षेत्र नम्बर १ मा गत वर्ष भएको संविधानसभाको निर्वाचनमा मतदाता थिए । सबै गाविस र नगरपालिकाका ११ वडामा गरी ३५ स्थानमा ७० मतदान केन्द्र राखिने मुख्य निर्वाचन अधिकृत हरिप्रसाद जोशीले जानकारी दिनुभयो । निर्वाचनका क्रममा सुरक्षाकर्मीबाहेक ४ सय ९० कर्मचारी परिचालन गरिने बताइएको छ । गत संविधानसभा निर्वाचन २०७० सालमा वितरित मतदाता परिचयपत्र हराएको वा च्यातिएको खण्डमा सरकारले आधिकारिक रुपमा जारी गरेको प्रमाणपत्र, नागरिकता तथा परिचयपत्र प्रयोग गर्न सकिने बताइएको छ ।


NEPAL NEWS Team
257 views

सम्बन्धित समाचारहरु