क्रियाशिल सदस्यता फारम बुझाउने अन्तिम म्याद आज, ३० जिल्लाले मात्र बुझाए फारम केन्द्रमा


  • March 14, 2015


क्रियाशिल सदस्यता फारम बुझाउने अन्तिम म्याद आज, ३० जिल्लाले मात्र बुझाए फारम केन्द्रमा

काठमाडौं । नेपाली कांग्रेसको क्रियाशिल सदस्यता वितरणको म्याद आजबाट सकिएको छ । फागुन अन्तिमसम्ममा क्रियाशिल सदस्यता २० जिल्लाले मात्र पठाएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । यद्धपि कांग्रेसका मुख्य सचिव ऋषिकेश तिवारीले ३० जिल्लाको क्रियाशिल सदस्यता आइसकेको जानकारी दिएका छन् । उनका अनुसार अन्य जिल्लाको पनि आउने क्रम जारी रहेको छ । २० जिल्लाको क्रियाशिल सदस्यता केन्द्रीय कार्यालयमा दर्ता भएपनि बाँकी १० जिल्लाको क्रियाशिल सदस्यता काठमाडौं आइसकेको कांग्रेसले जनाएको छ ।
मुख्य सचिव तिवारीले आज अन्तिम दिनभएपनि भौचर बुझाइसकेका जिल्लाहरुको हकमा बाटोको म्याद दिने व्यवस्था भएको जानकारी दिए । उनले केही दिनभित्रमा सबै जिल्लाहरुबाट सदस्यता आइसक्ने दाबी गरे ।
क्रियाशिल सदस्यता वितरणमा देखिएको विवादबारे छानविन गर्न समिति समेत गठन भएको छ । नरहरी आचार्यको संयोजकत्वमा गठित रामकृष्ण यादव र रमेश लेखक सदस्य रहेको समितिले छानविनको प्रक्रिया समेत सुरु गरिसकेको बताइएको छ । पार्टी महाधिवेशनलाई असर पर्न नदिने गरी समितिले आफ्नो काम अघि बढाएको तिवारीले बताए । आगामी साउन १४ गतेभित्र गाउँ तथा वडाको अधिवेशन गर्ने कांग्रेसको कार्यातालिका रहेको छ भने २२ गते भित्रमा क्षेत्रीय अधिवेशन सिध्याउने र २६ गते जिल्ला अधिवेशन सक्ने कार्यतालिका रहेको छ ।
१२ औं महाधिवेशनले चुनेको कार्यसमितिको म्याद असोज ४ गते नै सकिने भएकाले सो मिति अगावै टाइट सेड्युलमा महाधिवेशन गर्ने कांग्रेसले कार्यतालिका तय गरेको छ । पार्टीको १३ औं महाधिवेशन आगामी भदौ २४ गतेदेखि २८ गतेसम्म हुने भएको छ ।


NEPAL NEWS Team
214 views

सम्बन्धित समाचारहरु