Wednesday, June 12, 2024

चितवनमा चार हजार नयाँ मतदाता थपिए


  • March 14, 2015


चितवनमा चार हजार नयाँ मतदाता थपिए

रत्ननगर । चितवनमा चार हजार नयाँ मतदाता थपिएका छन् । फोटोसहितको मतदाता नामावली सङ्कलन अभियानअन्तर्गत जिल्ला निर्वाचन कार्यालय चितवनको टोलीले गाउँगाउँमा गएर मतदाता नामावली सङ्कलन गरेका हुन् ।
चितवनका नगरपालिका र विभिन्न गाविसमा गरी कुल ४५ स्थानमा पुगेर मतदाता नामावली सङ्कलन गरिएको र अहिलेसम्म चार हजार २६ जना नयाँ मतदाता थपिएका जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिए । यसअघि चितवनमा कुल जिल्लामा अहिले कुल दुई लाख ८१ हजार मतदाता रहेका थिए । जिल्लामा करिब छ लाख जनसङ्ख्या रहेको छ ।
गएको माघ २५ गतेबाट नामावली सङ्कलन सुरु गरिएको र आगामी चैत ९ गतेसम्म सङ्कलन काम हुने भएकाले टोली आएको स्थानमा गई नामावली दर्ता गर्न ढकालले स्थानीयलाई आग्रह गरे । मतदाता नामावली सङ्कलनका लागि कार्यालयले रु १८ लाख बजेट छुट्याएको छ । जिल्लाका हजारौँ युवा विदेशमा भएकाले कतिपयको नामावली सङ्कलन हुन सकेको छैन । छुटेकालाई भने कार्यालयमै नामावली सङ्कलन गरिने कार्यालयले जनाएको छ ।


NEPAL NEWS Team
284 views

सम्बन्धित समाचारहरु