आज विश्व मिर्गौला दिवस मनाइँदै


  • March 12, 2015


आज विश्व मिर्गौला दिवस मनाइँदै

काठमाडौं । मिर्गौला स्वास्थ्य सवैका लागि भन्ने नाराका आज विश्व मिर्गौला दिवस मनाइँदैछ । यो दिवस नेपालमा पनि बिभिन्न चेतनामूलक कार्यक्रम गरी मनाईंदै छ । मिर्गौला रोगबारे जानकारी दिन र यसबाट बँच्न अपनाउनु पर्ने उपायबारे सर्बसाधारणलाई जानकारी दिने उद्देश्यले हरेक बर्ष मार्च महिनाको दोस्रो विहीबार विश्व मिर्गौला दिवस मनाउने गरिन्छ । दिवसको अवसरमा बिभिन्न अस्पताल र स्वास्थ्यक्षेत्रसँग सम्वन्धित संघसंस्थाहरुले निःशुल्क मिर्गौला परीक्षण, र्याली गोष्ठी लगायतका कार्यक्रम आयोजना गरिएको छ ।
नेपालमा कुनै न कुनै रुपमा ३० लाख जना मिगौला सम्वन्धि केही न केही रोगी रहेको अनुमान छ । मिर्गौला रोगको शुरुवाती चरणमा कुनै लक्षण नदेखिने र अन्तिम अवस्थामा मात्रै बिभिन्न लक्षण देखिने भएकाले बर्षको एकपटक परीक्षण गर्नुपर्नेमा चिकित्सकहरुले जोड दिएका छन् ।
उपचार महंगो मानिने मिर्गौला रोग परीक्षण गर्न १ सय रुपैयाँ पनि नलाग्ने भएकोले बेलैमा परीक्षण गर्न डाक्टरहरुको सुझाव छ । मिर्गौला रोग लाग्नबाट जोगिन प्रशस्त पानी पीउन, धुमपान–मध्यपान नगर्न, शारिरिक व्यायाम गर्न र खानपानमा ध्यान दिनुर्ने डाक्टरहरु बताउछन् ।


NEPAL NEWS Team
301 views

सम्बन्धित समाचारहरु