Thursday, April 18, 2024

राष्ट्रपतिले एमाओवादी अध्यक्षलाई टेलिफोनमा भने–‘ आन्दोलन होइन वार्ता गर्नुस’


  • March 10, 2015


राष्ट्रपतिले एमाओवादी अध्यक्षलाई टेलिफोनमा भने–‘ आन्दोलन होइन वार्ता गर्नुस’

काठमाडौं । राष्ट्रपति डा. रामवरण यादवले एमाओवादी अध्यक्षलाई टेलिफोन गरि आन्दोलनलाई छाडेर बार्तामा बस्न आग्रह गरेका छन् । मंगलबार बिहान अध्यक्ष एवं विपक्षी ३० दलीय मोर्चाका संयोजक दाहाललसंग टेलिफोन संवाद गर्दै राष्ट्रपति यादवले आन्दोलनको बाटोमा नलाग्न आग्रह गरेका हुन् । सरकारले पटक पटक वार्ताको लागि आह्वान गरेको भन्दै त्यसलाई सम्बोधन गरी वार्तामा बस्न राष्ट्रपति यादवले आग्रह गरेको उच्च स्रोतले जानकारी दिएको छ ।
जवाफमा दाहालले आफूहरु वार्ताका लागि तयार भएको भन्दै संविधानका अन्तरवस्तुमा सहमति गर्न सत्तापक्षले ईच्छा नदेखाएको गुनासो गरेको दाहालको सचिवालय स्रोतले जनाएको छ । टेलिफोन संवादमा दाहालले वातावरण तयार भए सरकारसँग वार्तामा बस्ने जानकारी गराएको बुझिएको छ । राष्ट्रपति यादव र दाहालबीच करिव २० मिनेट संवाद भएको लाजिम्पाट स्रोतको भनाई छ । पछिल्लो समयमा सरकार वार्ताबाट समाधान निकाल्न तयार नदेखिएको भन्दै एमाओवादी नेतृत्वको मोर्चा फेरि आन्दोलनबारे छलफल गर्न जुटेपछि राष्ट्रपतिले दाहालसंग छलफल गरेका हुन् ।


NEPAL NEWS Team
338 views

सम्बन्धित समाचारहरु