एनआरएनए केन्द्रीय कार्यालयको शिलान्यास


  • March 9, 2015


एनआरएनए केन्द्रीय कार्यालयको शिलान्यास

काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले गैरआवासीय नेपाली संघ एनआरएनएको केन्द्रीय कार्यालयको आज शिलान्यास गरेका छन् । बालुवाटारमा संघले केही महिनाअघि खरिद गरेको ३ रोपनी जग्गामा प्रधानमन्त्री कोइरालाले भवनको शिलान्यास गरेका हुन् ।
भवन शिलान्यास कार्यक्रममा संघका अधयक्ष शेष घले, संस्थापक अध्यक्ष उपेन्द्र महतोलगायत सहभागिता थिए ।

भवन शिलान्यासमा सहभागि हुन विभिन्न देशमा रहेका गैरआवासीय नेपालीहरु नेपाल आइपुगेका छन् । आफ्नै कार्यालय नहुँदा संघको केन्द्रीय कार्यालय नेपाल उद्योेग वाणिज्य महासंघको एउटा कोठाबाट संचालन हुँदै आएको छ ।


NEPAL NEWS Team
317 views

सम्बन्धित समाचारहरु