‘सहमतिका नाममा संविधानसभालाई बाइपास गर्न सकिदैन्’


  • March 9, 2015


‘सहमतिका नाममा संविधानसभालाई बाइपास गर्न सकिदैन्’

कपिलवस्तु । पहिलो संविधानसभा निर्वाचन पूर्व सङ्क्रमणकालीन अवस्थामा गरिएका सहमति र सम्झौताका नाममा संविधानसभालाई बाइपास गरेर कुनै हालतमा पनि संविधान निर्माण प्रक्रियाअघि बढ्न नसक्ने नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले बताएका छन् । नेपाल प्रेस युनियन कपिलवस्तुले तौलिहवामा आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै काँग्रेस नेता पौडेलले विगतमा गरिएका सम्झौताका कुरा तेर्साएर संविधानसभाको मुल मर्मलाई कुण्ठित पार्दै संविधानसभा बाहिरबाट संविधान बनाउने काम हुनै नसक्ने उल्लेख गर्नु भयो ।
पूर्व राजाले समेत सम्झौताका कुरा गर्न थाल्नुभएको छ, नेता पौडेलले भन्नुभयो, “सहमति र सम्झौताभन्दा संविधानसभा ठूलो हो । ती गरिएका सहमति र सम्झौता उल्टाएर हेरौँ त्यसको अन्तिम निर्णय भने संविधानसभाले नै गर्नेछ भनी लेखिएको छ ।” उपसभापति पौडेलले राजा शुद्धोधनको दरबार तिलौराकोट क्षेत्रको अवलोकन भ्रमण गरी लुम्बिनीको विकास सँगसँगै प्राचीन कपिलवस्तु क्षेत्रको विकासका लागि पनि सरकारको विशेष ध्यानाकर्षण हुनुपर्नेमा जोड दिए ।


NEPAL NEWS Team
404 views

सम्बन्धित समाचारहरु