राप्रपा नेपाल औपचारिक बिभाजनमा


  • March 9, 2015


राप्रपा नेपाल औपचारिक बिभाजनमा

काठमाडौं । राप्रपा नेपाल आजबाट औपचारिक रुपमा बिभाजित हुनेभएको छ । अध्यक्ष कमल थापाले एकलौटी गरेको भन्दै लामो समय देखि असन्तुष्ट पक्षले राप्रपा नेपालको समानन्तर समिति गठन गर्ने भएपछि पार्टी औपचारिक रुपमा बिभाजित बन्न लागेको हो । असंतुष्ट पक्षले आज दिउसो पत्रकार सम्मेलन गरेर असन्तुष्ट पक्षले राप्रपा नेपाल समानान्तर केन्द्रीय समिति घोषणा गर्न लागेको हो । समानान्तर समितिको अध्यक्षमा पद्यमसुन्दर लावती, सहअध्यक्षमा गणेश सेरचन, प्रथम उपाध्यक्षमा दिलविकास राजभण्डारी, द्धितिय उपाध्यक्षमा प्रल्हाद साह र तृतिय उपाध्यक्षमा सोनिय लाल रहने भएका छन । महामन्त्रीमा श्याम तिमिल्सीना, वालकृष्ण न्यौपाने र रामु राई रहनेछन् ।
केन्द्रिय समिति १ सय ५८ सदस्यीय हुने भएको छ । दोस्रो संविधान सभाको निर्वाचनमा पाएको मतका आधारमा समानुपातिकबाट सभासद्हरु छनौट गर्ने बेला देखि अध्यक्ष थापासंग उनिहरु असन्तुष्ट भएका हुन ।


NEPAL NEWS Team
555 views

सम्बन्धित समाचारहरु