फेरि राप्रपा र राप्रपा नेपालबीच एकता प्रयास


  • March 8, 2015


फेरि राप्रपा र राप्रपा नेपालबीच एकता प्रयास

काठमाडौं । पटक पटक गरेको एकताको प्रयास सफल नभएर अलग अलग भएको पूर्व पंचहरुको नेतृत्वमा रहेको दुई वटा पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका बीचमा फेरि एक पटक एकताको प्रयास हुने भएको छ । पार्टी एकताबारे वार्ता गर्न राप्रपाले वार्ता कमिटी बनाएपछि फेरि एकपटक एकताको पहल हुने भएको हो । आइतबार बसेको राप्रपाको पदाधिकारी बैठकले महामन्त्री दीपक बोहराको नेतृत्वमा वार्ता समिति बनाएको हो । वार्ता समितिमा अर्का महामन्त्री बुद्धिमान तामाङ, प्रवक्ता ठाकुरप्रसाद शर्मा र सहप्रवक्ता किरण गिरी छन् ।
राप्रपा नेपालले भने यसअघि नै केशरबहादुर विष्टको नेतृत्वमा वार्ता समिति बनाइसकेको छ । राप्रपा नेपालका अध्यक्ष कमला थापाले हालैमात्र राप्रपा अध्यक्ष पशुपति शमशेर राणा र राप्रपाका नेता तथा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापालाई भेटेपछि एकताका लागि वार्ता सुरु हुन लागेको हो । राप्रपा र राप्रपा नेपालबीच यसअघि पनि पटक पटक पार्टी एकता बारे छलफल गर्न वार्ता भएको थियो । तर, राजसंस्थाका विषयमा सहमति हुन नसक्दा एकता प्रक्रिया रोकिँदै आएको छ । राप्रपा नेपाल संवैधानिक राजसंस्थाका पक्षमा रहेको छ भने राप्रपा गणतन्त्रमा गइसकेको छ ।


NEPAL NEWS Team
292 views

सम्बन्धित समाचारहरु