Saturday, August 13, 2022

त्रिभुवन विमानस्थल रातभर खुला, बिहान सम्म तीस उडान र अवतरण


  • March 8, 2015


त्रिभुवन विमानस्थल रातभर खुला, बिहान सम्म तीस उडान र अवतरण

काठमाडौं । दुर्घटनाग्रस्त टर्किस एयरलाइन्सको विमान अन्तराष्ट्रिय विमानस्थलको धावनमार्गबाट पन्छाएपछि गए रातिदेखि सञ्चालन भएको विमानस्थलबाट आज बिहान ६ बजेसम्ममा ३० अन्तराष्ट्रिय उडान र अवतरण भएका छन् ।
विमानस्थल सञ्चालन हुनेबित्तिकै राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले सबैभन्दा पहिले नयाँदिल्ली उडान गर्नाका साथै त्यहाँबाट करिब १५० यात्री बोकेर राजधानी फर्केको नेपाल नागरिक उड्ड्यन प्राधिकरण, विमानस्थल कार्यालयले जनाएको छ ।
सोही एयरलाइन्सको विमान मलेसियाको क्वालालम्पुरतर्फ प्रस्थान गरिसकेको तथा फर्केपछि अर्को गन्तव्यमा प्रस्थान गर्ने उक्त कार्यालयका ड्युटी अफिसर केशव भट्टराईले जानकारी दिए । ‘कतार एयरलाइन्सको एउटा, चाइना साउदर्नले तीन वटा, चाइना इस्टर्नले पाँच वटा, फ्लाई दुबईले दुई वटा र ओमान एयरको एउटा उडान भइसकेको छ’–उनले भने । इत्तेहाद एयरलाइन्स प्राविधिक खराबीका कारण मध्यआकाशबाट विमानस्थलमै पुनः अवतरण भएको जानकारी दिँदै झन्डै पाँच हजार यात्रीको आगमन र प्रस्थान भएको उनले बताए ।
गत बुधबार बिहान टर्किस एयरलाइन्सको विमान धावनमार्गमा दुर्घटनाग्रस्त भएपछि चार दिनसम्म अवरुद्ध भएको मुलुकको एक मात्र अन्तराष्ट्रिय विमानस्थल शनिवार साँझ ७ बजेदेखि सञ्चालन भएको हो ।


23 views

सम्बन्धित समाचारहरु