खुल्यो विमानस्थल, चार दिनसम्म चौविसै घण्टा सेवा, अतिरिक्त उडानमार्फत् यात्रुको उद्धार


  • March 8, 2015


खुल्यो विमानस्थल, चार दिनसम्म चौविसै घण्टा सेवा, अतिरिक्त उडानमार्फत् यात्रुको उद्धार

काठमाडौं । टर्किस एयरलाइन्सको विमान दुर्घटना भएपछि चार दिनदेखि अबरुद्ध भएको त्रिभुवन बिमानस्थलको अन्तराष्ट्रिय सेवा सुरु भएको छ । गत बुधबार अवतरण गर्नेक्रममा टर्किस एयरको बिमान धावनमार्गको छेऊमा धसिएपछि अन्तराष्ट्रिय बिमानस्थलको सवै सेवा बन्द भएको थियो ।
शनिवार साँझ टर्किस प्राविधिक टोलीको सहयोगमा बिमानलाई धावनमार्गबाट तानेर पार्किङ क्षेत्रमा पुर्‍याएपछि बिमानस्थल सेवा सुचारु भएको छ । साढे ७ बजेदेखि बिमानस्थलमा चेकइन सुरु भइसकेको छ । ‘९ बजेदेखि उडान र अवतरण नै सुरु भयो, अब बिमानस्थल खुलिसक्यो’ नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक रतिसचन्द्रलाल सुमनले भने । बिमान हटाउन नेपाली प्राबिधिक पर्याप्त नभएपछि भारतीय सेनाको सहयोग लिएको थियो भने अन्त्यमा टर्किस एयरलाइन्सको टोलीले जहाज तान्ने प्रकृयाको जिम्मा लिएको थियो ।
नेपाली र विदेशी प्राविधक टोली, नेपाल आर्मी, नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल प्रहरी, विमानस्थल विस्तार गर्ने ठेकेदार कम्पनीका कर्मचारी लगायत सयौंजना खटिएका थिए ।


NEPAL NEWS Team
285 views

सम्बन्धित समाचारहरु