Wednesday, June 19, 2024

अन्तर्राष्ट्रिय उडान आजबाट हुने सम्भावना, धसिएको स्थानबाट विमान निकालियो


  • March 7, 2015


अन्तर्राष्ट्रिय उडान आजबाट हुने सम्भावना, धसिएको स्थानबाट विमान निकालियो

काठमाडौ । बुधबारदेखि अवरुद्ध रहेको अन्तर्राष्ट्रिय उडान आजबाट हुने सम्भावना बढेको छ । प्राविधिकहरुले धावनमार्ग नजिकै रहेको दुर्घट्नाग्रस्त टर्किस एयरको विमानलाई सार्नमा सफलता पाइरहेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख विरेन्द्रप्रसाद श्रेष्ठले दुईवटा डोजर सहित थप उपकरणको सहयोगमा दुर्घट्नाग्रस्त विमानलाई धसिएको स्थानबाट पछाडि तान्न सकिएको बताए । उनले भने–‘आजबाट अन्तर्राष्ट्रिय उडान हुनसक्ने सम्भावना हुनसक्छ ।’ स्रोतका अनुसार विमानलाई धसिएको स्थानबाट एयरक्राफ्ट रिमुभल किटको सहायताले स्वभाविक उचाईमा ल्याएर १० मिटर पछाडि सार्न सकिएको छ । विमानलाई धावनमार्ग नजिकबाट हटाउने प्रयास जारी छ । माटो चिसो रहेकाले प्राविधिकले थप कठिनाई भोग्नु परेको छ ।

जहाजलाई सामान्य उचाईमा ल्याएर पछाडिको दुई वटै पाङग्रा र लयान्डिङ गेयर फेरिएको छ । भारतीय वायु सेवाका २५ जना, टर्किस एयरका २, नागरिक उड्डयन प्राधिकरणका प्राविधिक सहित नेपाली सेना र प्रहरीले दुर्घट्नाग्रस्त विमानलाई निकाल्ने प्रयास गरिरहेका छन् । आगलागी हुनसक्ने सम्भावनालाई हेर्दै विमानको इन्जिन स्टार्ट नगरिकनै प्राविधिकहरुले काम गरिरहेका छन् ।

बुधबार बिहान पानै ८ बजे अवतरणको क्रममा २ सय २३ यात्रु बोकेको उक्त विमान धावनमार्गबाट चिप्लिएर दुर्घट्नाग्रस्त भएको हो । यात्रुहरु कसैलाई केही भएन । धावन मार्ग नजिकै भएको उक्त दुर्घट्नाका कारण अन्तर्राष्ट्रिय उडान रोकिएको छ । नेपाल आउने र जाने करिब ५० हजार यात्रु ४ दिन यता प्रभावित छन् । आज शनिबार १० बजेबाट अन्तर्राष्ट्रिय उडान हुने भनिएपनि त्यो समय फेरि सर्ने देखिन्छ । विमानस्थलले यसअघि ५ पटक विज्ञप्ती निकालेर अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको समय थपिसकेको छ ।


NEPAL NEWS Team
329 views

सम्बन्धित समाचारहरु