सरकार र ३० दलवीच शनिबार बालुवाटारमा वार्ता हुने,प्रधानमन्त्री र प्रचण्डवीच भेटघाट


  • March 6, 2015


सरकार र ३० दलवीच शनिबार बालुवाटारमा वार्ता हुने,प्रधानमन्त्री र प्रचण्डवीच भेटघाट

काठमाडौं । लामो समयको सम्वादहीनतालाई चिर्दै सत्तापक्ष र प्रतिपक्षी दलहरु औपचारिक वार्तामा बस्न सहमत भएका छन् । शनिबार बिहान ९ बजे बालुवाटारमा सरकार र ३० दलीय मोर्चावीच औपचारिक वार्ता हुने भएको छ ।
प्रधानमन्त्री सुशील कोइराला र एमाओवादी अध्यक्ष प्रचण्डवीच शुक्रबार भएको छलफलपछि औपचारिक वार्ताको तिथि तय भएको हो ।

‘शनिबार बिहान बालुवाटारमा ३० दल र सत्तापक्षका दलहरुवीच वार्ताको मिति तय भएको छ,’ एमाओवादी अध्यक्ष प्रचण्डका स्वकीय सचिव चूडामणि खड्काले भने, सकारारत्मक वातावरण बनेकाले भोलि औपचारिक वार्तामा बस्ने सहमति भएको हो ।

यसैवीच एमाओवादी अध्यक्ष दाहालले औपचारिक वार्तामा बस्ने निर्णय भएपछि वार्ताको एजेन्डाका विषयमा मोर्चाभित्र अनौपचारिक छलफल गर्ने गृहकार्य सुरु गरेका छन् ।

औपचारिक वार्ताका लागि ३० दलीय मोर्चाको विहीबारको बैठकले दाहाललाई म्यान्डेट दिएको थियो ।


NEPAL NEWS Team
248 views

सम्बन्धित समाचारहरु