प्रधानमन्त्री र एमाओवादी अध्यक्षले एउटै मञ्चबाट भने–‘ सहमतिमा नै संविधान बन्छ’


  • March 3, 2015


प्रधानमन्त्री र एमाओवादी अध्यक्षले एउटै मञ्चबाट भने–‘ सहमतिमा नै संविधान बन्छ’

चितवन । नेपालको राजनीति अहिले सत्ता पक्ष र विपक्ष दुई ध्रुवमा केन्द्रीत भएको छ । झण्डै डेढ महिनायता सत्तापक्ष र विपक्षका नेताहरु एउटै मञ्चमा देखिएका छैनन् । तर चितवनको एक कार्यक्रममा प्रधानमन्त्री एंव कांग्रेस सभापति सुशील कोइराला र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल एउटै मञ्चमा देखिए । एमाओवादी अध्यक्ष दाहाल कोइरालासंग एउटै मञ्चमा बसे अनि प्रधानमन्त्री कोइरालाबाट सम्मनित समेत भए । दुवै नेताले एउटै मञ्चबाट भाषण गरे सहमतिबाटै छिट्टै संविधान जारी गर्ने उदघोष समेत गरे ।
पश्चिम चितवनको शिवनगरस्थित नारायणी विद्या मन्दिर उच्च माविको स्वर्ण महोत्सवको कोइराला र दाहालले संयुक्त रुपमा उद्घाटन गरे । कोइरालाको निर्वाचान क्षेत्रमा उक्त बिद्यालय पर्दथ्यो भने दाहालले एसएलसी पास गरेको बिद्याल हो यो । मञ्चमा कार्यक्रम चलिरहेको समयमा कोइराला र दाहालका बीचमा झन्डै आधा घन्टा लामो अनौपचारिक कुराकानी पनि भयो । मञ्चमा नै अनौपचारिक कुराकानी गरेपछि दुवैले छिट्टै सहमति हुने उद्घोष गरे । दुवैले काठमाडाँै फर्किएपछि वार्ता र संवादबाटै सहमति खोजेर संविधान बनाउने विश्वास पनि दिलाए । प्रधानमन्त्री कोइरालाले जनताको चाहनाअनुरुपको संविधान जारी गर्न आन्दोलनरत दलहरुसँग छिट्टै सहमति हुने बताए । संगै मञ्चमा रहेका अध्यक्ष दाहालप्रति संकेत गर्दै कोइरालाले उहाँले सहमतिका लागि धेरै दिन नलाग्ने पनि बताएको जानकारी दिए ।
कार्यक्रममा एमाओवादी केही दिनभित्रै दलहरुबीच संविधान निर्माणको विषयमा सहमति हुने कुरामा आफू विश्वस्त रहेको बताए । प्रधानमन्त्री कोइरालासँग मञ्चमा अनौपचारिक छलफल भएको उल्लेख गर्दै दाहालले प्रधानमन्त्री पनि सकारात्मक देखिएकाले छिट्टै सहमति हुनेमा विश्वस्त रहेको बताए । अध्यक्ष दाहालले काठमाडाँै फर्किएलगत्तै सत्ता पक्ष र विपक्षीहरुको बीचमा वार्ताको वातावरण बनाउन यस कार्यक्रमको महत्वपूर्ण भूमिका भएको स्पष्ट पारे ।


NEPAL NEWS Team
291 views

सम्बन्धित समाचारहरु