एमाओवादी अध्यक्ष पढेको स्कुलमा प्रधानमन्त्री र दाहाल एउटै मंचमा


  • March 3, 2015


एमाओवादी अध्यक्ष पढेको स्कुलमा प्रधानमन्त्री र दाहाल एउटै मंचमा

काठमाडौं । प्रधानमन्त्री सुशील कोइराला र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल आज जएउटै मंचमा बसेर भाषण गर्ने भएको छ । माघ ८ पनि सत्तारुढ दलका शीर्ष नेताहरुसँग एक पटक पनि सँगै बसेका छैनन् । संविधान लेखनका विषयलाई लिएर सत्तापक्ष र प्रतिपक्ष ध्रुविकृत बनिरहेको बेला कांग्रेस सभापति एवं प्रधानमन्त्री कोइराला र एमाओवादी अध्यक्ष दाहाल एउटै मञ्चमा सँगै बस्न लागेका हुन् ।
एमाओवादी अध्यक्ष दाहाल पढेको चितवनको शिवनगरमा रहेको नारायणी विद्या मन्दीर उमाविलेस्वर्ण जयन्त्रीको अवसरमा प्रधानमन्त्री कोइराला र दाहाल एउटै मञ्चमा अतिथी बन्न लागेका हुन् । उक्त विद्यालय सुशील कोइरालाको निर्वाचन क्षेत्र नम्बर ४ मा पर्दछ । नेताहरुका बीचमा संवाद हुन नसकीरहेका बेला दुई शीर्ष नेताले एउटै मञ्चमा सम्बोधन गर्नुलाई अर्थपुर्ण रुपमा लिइएको छ ।
दुवै नेता एउटै मञ्चमा बस्नुलाई दलहरुका बीचमा देखिएको विवाद समाधानको कोसेढुंगा हुनसक्ने विष्लेषण गरिएको छ ।


NEPAL NEWS Team
297 views

सम्बन्धित समाचारहरु