ट्याक्सीले ठक्कर दिएर होलिको चिर लिंगो ढल्यो


  • March 2, 2015


ट्याक्सीले ठक्कर दिएर होलिको चिर लिंगो ढल्यो

काठमाडौं । राजधानीको बसन्तपुरमा गाडीएको होलीको चिर लिंगो ढलेको छ । हरेक वर्ष होलि आउनुपुर्व उक्त चिर गाढ्ने चलन रहिआएको छ । होलीको चिर गाढेपछि होली सुरु भएको मानिन्छ । यो चिरलाई होली पर्वको प्रतिकका रुपमा लिने गरिन्छ । यो लिंगो होली नसकीदासम्म जस्ताको तस्तै रहनुपर्ने मान्यता रहि आएको छ । लिंगो ढलेपछि नराम्रो हुने त होइन भन्ने आशंका पैदा भएका छन् । तर, लिंगो ढलेपनि अर्को लिंगो गाड्न मिल्ने संस्कृतिविद्हरुले बताएका छन् । लगातारको वर्षका कारण जमिन कमजोर भएको र लिंगो हल्लीरहेको अवस्थामा गएराति ट्याक्सीले हान्दा लिंगो भाँचिन पुगेको हो । माटो कमजोर भएको अवस्थामा ट्याक्सिले हान्दा लिंगो ढलेको प्रत्यक्षदर्शीले बताएका छन् । लिंगो ढाल्ने ट्याक्सीचालक फरार रहेका छन् ।


NEPAL NEWS Team
306 views

सम्बन्धित समाचारहरु